कर छली अभियोगमा ६ व्यवसायीविरुद्ध मुद्दा « Khabarhub

कर छली अभियोगमा ६ व्यवसायीविरुद्ध मुद्दा


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न कम्पनी सञ्चालक र कारोवारीसहित छ जनाविरुद्ध मुद्दा चलाएको छ ।

उनीहरुमाथि रु तीन अर्ब ८२ करोड विगो बराबरको राजश्व छली गरेको आरोप छ । उक्त बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–१७ सोह्रखुट्टेमा रहेको हाइटेक इन्टरनेशनल प्रालि सञ्चालकसमेत दुई जनालाई राजश्व चुहावट गरेको अभियोगमा रु दुई अर्ब ४२ करोड ९८ लाख बिगो कायम गरी बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

यस्तै ललितपुर महानगरपालिका–२ सानेपामा रहेको एसएस मोबाइल एण्ड सर्भिसेज प्रालि र श्रीश्याम इम्पेक्स तथा श्रीश्याम बाबा इन्टरप्राइजेजका सञ्चालक तथा मुख्य कारोवारीसमेत गरी चार जना विरुद्धसमेत आजै कर छलीको आरोपमा मुद्दा चलाइएको छ ।

उनीहरुविरुद्ध रु एक अर्ब ३९ करोड सात लाख बिगो कायम गरी उक्त बिगो असुल तथा जरिवाना र कैद सजायको माग गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : ५२ बजे

काठमाडौंमा दुईदिने थारू राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौं– थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा

महेश बस्नेतको जिकिर : रवि-बालेन ‘पानीका फोका’ मात्रै, एमालेलाई कसैले रोक्न सक्दैन

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी

गगनको संकल्प : मन्त्रिपरिषद्का निर्णय अख्तियारको छानबिन दायरामा ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद् बैठकका निर्णयहरू पनि

प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय

जनकपुरधाम– मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो सरकारको प्रवक्तामा प्रदेशका स्वास्थ्य