नवनियुक्त मन्त्रीहरूको शपथ आज, दाहाल र नेपाललाई छैन निम्तो  « Khabarhub

नवनियुक्त मन्त्रीहरूको शपथ आज, दाहाल र नेपाललाई छैन निम्तो 


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज हुँदैछ ।

राष्ट्रपतिका स्वकीय सचिव डा.भेषराज अधिकारीका अनुसार बिहान साढे ११ बजे हुने शपथ ग्रहणको तयारी पूरा भएको छ ।

कोरोनाको महामारीका कारण जमघटमा कडाइ गरिएकाले नआई नहुने व्यक्तिहरू बाहेक शपथग्रहणमा अरू कोही सहभागी नुहने राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, केही मन्त्रीहरूसहित सीमित पदाधिकारीहरु मात्रै शपथग्रहणमा सहभागी हुनेछन् ।

निकट स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरूलाई शपथग्रहणमा बोलाइएको छैन । नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि शपथ ग्रहणमा बोलाइएको छैन ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बिहान ८ बजेसम्म सपथ ग्रहणको कार्यक्रमबारे निम्ता आएको वा नआएको केही जानकारी नभएको बताए ।

‘कोरोनाकै कारण नबोलाइएको भए ठिकै हो,यस्तो बेला भीडभाड नगरेकै राम्रो’, उनले भने ।

पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले पनि बिहान ८ बजेसम्म शितल निवासबाट सपथग्रहणबारे केही जानकारी नआएको बताए । ‘हामीलाई केही जानकारी छैन, तपाईँहरूलाई जे सूचना छ त्यही सत्य हो,’ गौतमले भने ।

यद्यपि दाहाल र नेपाल जान चाहेमा शपथ ग्रहणमा रोकटोक नहुने स्रोतको भनाइ छ । दाहाल-नेपाल समूहले मन्त्रिपरिषद् पुनर्गठनमा ओलीले एकलौटी गरेको भन्दै असन्तुष्टि जनाएकाले शपथ ग्रहणमा डाकिए पनि जाने सम्भावना कम रहेको उनीहरू निकट नेताहरूले जनाएका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना मन्त्री थप्दै केहीको जिम्मेवारी हेरफेर गरेका थिए ।

मन्त्रिमण्डल पुनर्गठनका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त मन्त्रालय आफैँ राखेका छन् ।

पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारीबाट भने मुक्त गरिएको छैन । अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका छन् ।

यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकासमन्त्री र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ ।

महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ८ : ३६ बजे

पर्सामा एक सय किलो गाँजा बरामद

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको