शरीरका १० अंगमा रहेका कोठीले दिन्छन् यस्ता संकेत « Khabarhub

शरीरका १० अंगमा रहेका कोठीले दिन्छन् यस्ता संकेत


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सामान्यतया सबै मानिसको शरीरमा कोठी हुने गर्दछ । जन्मजात वा पछि शरीरको बिभिन्न स्थानमा निशान चिह्न अर्थात कोठी आउने गर्दछ ।

यी कोठीले मानिसको शारीरिक, आर्थिक र चरित्रको बारेमासमेत संकेत गर्ने शास्त्रहरुमा उल्लेख छ । समुन्द्र शास्त्रका अनुसार शरीरमा भएका यी चिह्नको आधारमा व्यक्तिको भविष्य मूल्यांकन समेत गर्न सकिन्छ ।

१. कानको कोठी
कानको कुनै पनि भागमा कोठी भएका व्यक्तिले राम्रो कमाउने र उनीहरुको जीवनशैली भव्य हुन्छ संकेत गर्दछ । तर यी अंगमा कोठी हुनेहरुमा बचत गर्ने बानी हुँदैन ।

२. टाउकोमा कोठी

टाउकोमा रहेको कोठी कपाल खौरिए पछि मात्र देखिन्छ । यदि टाउको दायाँ भागमा कोठी छ भने यी व्यक्ति राजनीतिमा सफल हुने संकेत मानिन्छ । यदि कोठी रातो छ भने त्यस्ता व्यक्ति नेता हुने मान्यता छ ।

३. निधारको कोठी
कुनै ब्यक्तिको निधारको मध्य भागमा कोठी छ भने यो निर्मल प्रेमको निशानी हो । निधारको दाहिनेतर्फको कोठीले बिषयगत निपूर्णता दर्साउँछ भने बायाँतर्फको कोठी फजुल खर्चको प्रतिक मानिन्छ ।

४. आँखी भौंको कोठी
यदि दुबै आँखी भौंमा कोठी छ भने त्यस्ता व्यक्तिले यात्रा गरिरहने स्वभाव हुने गर्दछन् । यदि आँखी भौंको बीचमा छ भने त्यस्ता व्यक्ति नेतृत्व गर्नसक्ने क्षमताका हुने मान्यता छ ।

५. आँखामा कोठी
दायाँ आँखामा भएको कोठीले जीवनसाथीसँग राम्रो सम्बन्ध हुने बताउँछ भने दाहिने आँखाको कोठीले सजिलै पैसा कमाउन सक्ने संकेत गर्दछ ।

६. नाकको कोठी
यदि नाकमा कोठी छ भने यी व्यक्ति छिट्टै सोच्ने र छिट्टै रिसाउने स्वभावका मानिन्छन् । नाकको दायाँतर्फ कोठी छ भने धेरै पैसा कमाउने संकेत मानिन्छ ।

७. ओठको कोठी
ओठमा माथिल्लो भागमा कोठी हुने व्यक्ति निकै प्रेमिल स्वभावका हुन्छन् । त्यस्तै ओठको तल्लो भागमा कोठी हुने व्यक्तिले मिठो खानेकुरा मनपराउँछन् ।

८. गालाको कोठी
गालामा रातो कोठी हुने ब्यक्तिलाई शुभ फल प्राप्त हुने मान्यता छ । गालाको दायाँ भागमा कोठी हुने व्यक्ति निकै संवेदनशील हुने गर्दछन् । बायाँ गालामा कोठी भएकाहरु अन्र्तमुखी स्वभावका र रिसालु हुने दर्साउँछ ।

९. घाँटीको कोठी
घाँटीको पछाडि कोठी हुने मानिसहरु रिसालु प्रवृत्तिका हुन्छन् । घाँटीको अग्र भागमा कोठी भएकाहरु राम्रो स्वर भएको कलात्मक व्यक्तित्वको परिचय दिन्छ ।

१०. काँधमा कोठी
काँधको दायाँतर्फ कोठी भएका मानिसहरु बलवान् र साहसी हुन्छन् भने बायाँ काँधमा कोठी हुनेहरु अरुसँग झगडा गर्न अग्रसर हुन्छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १२ : ४८ बजे

रिंकुकुमारी हत्या प्रकरण : वडा सदस्यसहित १४ जनालाई कैद सजाय

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको

कञ्चनपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट ब्राउन

सरकारले भन्यो : वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गरिनेछ

काठमाडौं – सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा

रोल्पा जीप दुर्घटना अपटेड : मृतकको संख्या २० पुग्यो

दाङ – रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

सार्वजनिक खरिद अध्यादेश : टेण्डर सूचना पत्रिकामै छाप्नुपर्ने व्यवस्था हट्यो

काठमाडौं – सरकारले ल्याएको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३