स्वास्थ्य प्रमाणपत्र नल्याउने ३५ विदेशीलाई विमानस्थलबाटै फिर्ता पठाइयो (सूची सहित) « Khabarhub

स्वास्थ्य प्रमाणपत्र नल्याउने ३५ विदेशीलाई विमानस्थलबाटै फिर्ता पठाइयो (सूची सहित)


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले ३५ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाउँदै विमानस्थलबाटै फिर्ता पठाएको छ ।

स्वास्थ्य प्रमाणपत्र नल्याई नेपाल प्रवेश गर्न खोज्ने ३५ विदेशीलाई फिर्ता (इन्ट्री रिफ्युज्ड) गरेको अध्यागमनले जानकारी दिएको हो । फागुन २७ गतेदेखि सोमबारसम्म गरी ३५ जनालाई फिर्ता पठाइएको विभागले जनाएको छ ।

फिर्ता पठाइनेमा सबैभन्दाबढी फ्रान्सका ६ जना रहेका छन् भने चीन र बेलायतका ५-५ जना रहेका छन् । त्यसैगरी ४ जना जापानी नागरिकलाई पनि फिर्ता पठाइएको विभागले जनाएको छ। नेदरल्याण्ड, इटाली, इजरायल, अमेरिका, मेक्सिको लगायतका नागरिकलाई फिर्ता पठाइएको हो ।

फिर्ता भएकाहरु अधिकांश गैरआवासीय नेपाली संघमा आवद्ध नेपाली मुलका विदेशी नागरिक रहेको र उनीहरुले भिसा नेपालमै लगाउने भन्दै आएको बुझिएको छ ।

पछिल्लो केही दिन यता कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अध्यागमनले स्वास्थ्य प्रमाणपत्र नल्याएका विदेशीलाई फर्काउने नीति लिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय बमोजिम गृह मन्त्रालयले अनअराइभल भिसा दिने प्रक्रिया समेत यसअघि नै स्थगित गरिसकेको छ । हाल सम्बन्धित मुलुकका नेपाली दूतावासले मात्र भिसा जारी गर्दै आएका छन् ।

कुन देशका कति जना फिर्ता पठाइए ?

फ्रान्स: ६
चीन: ५
बेलायत: ५
जापान: ४
नेदरल्याण्डस्: ३
इटली: २
इजरायल: २
चेक रिपब्लिक: २
हङकङ: १
अमेरिका: १
मेक्सिको: १
अफगानिस्तान: १
अष्ट्रेलिया: १
मलेसिया: १

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : २५ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो