हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा विज्ञ टोली खटाइ सत्यतथ्य सार्वजनिक होस्– नेता कोइराला « Khabarhub

हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा विज्ञ टोली खटाइ सत्यतथ्य सार्वजनिक होस्– नेता कोइराला


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हुम्लास्थित नेपाल- चीन सीमामा विज्ञ टोली खटाएर अध्ययन गर्न माग गरेका छन् ।

हुम्लामा नेपाली भूमि मिचिएको जानकारी स्थलगत अनुगमनमा गएको टोलीबाट पाएको भन्दै कोइरालाले तुरुन्त विज्ञ टोली खटाई सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै तत्काल सत्यतथ्य सार्वजिनक गर्न माग गरेका हुन् । उनले लेखेका छन्, ‘हालै कर्णाली प्रदेशको हुम्ला जिल्लाको चीनसँगको सीमाको स्थलगत अध्ययन गरी फर्किएका पार्टीका साथीहरूबाट नेपालको सीमा अतिक्रमण गरेको जानकारी पाएँ । यो गम्भीर विषय हो । यस सम्बन्धमा तुरुन्त विज्ञहरूको टोली खटाई सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु।’

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १२ : ०७ बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक