काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या ५१ हजार नाघ्यो « Khabarhub

काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या ५१ हजार नाघ्यो


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ५१ हजार नाघेको छ ।

देशभर हाल ३७ हजार ३८२ संक्रिय संक्रमित रहेका छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमित २२ हजार २२९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल काठमाडौं जिल्लामा मात्र १७ हजार ६८५ जना सक्रिय संक्रमित छन् । यस्तै, ललितपुरमा दुई हजार ९१४ र भक्तपुरमा एक हजार ६३० जना रहेका छन् ।

हालसम्म काठमाडौं उपत्यकामा ५१ हजार ९४१ जनामा संक्रमण देखिएको छ । जसमा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा रहेका छन् ।

काठमाडौंमा हाल ४१ हजार ८१३ जनामा संक्रमण देखिसकेको छ भने ललितपुरमा पाँच हजार ९२९ जना र भक्तपुरमा चार हजार १९९ जना रहेका छन् ।

कोरोनाका कारण काठमाडौं उपत्यकामा मात्र २२७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : ३३ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै