प्रहरी उपरीक्षक राठोर सम्मानीत « Khabarhub

प्रहरी उपरीक्षक राठोर सम्मानीत


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशको मकवानपुरस्थित जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरलाई सम्मान गरिएको छ ।

अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्धार कार्यमा सघाउ पुर्याएको जनाउँदै सामाजिक संस्था मञ्जुश्री असहाय संरक्षण केन्द्रको मकवानपुर शाखाले मङ्गलबार प्रहरी उपरीक्षक राठोरलाई सम्मान गरेको हो ।

अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्धार, संरक्षण तथा न्यायको क्षेत्रमा मञ्जुश्री असहाय संरक्षण केन्द्रको मकवानपुर शाखाले काम गर्दै आइरहेको छ । नेपाल सरकारले गत असोज ३ गते संविधान दिवसको अवसरमा प्रहरी उपरीक्षक राठोरलाई प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित गरेको सन्दर्भमा हेटौँडामा एक कार्यक्रमबीच संस्थाले सम्मान गरेको हो ।

कार्यक्रममा प्रहरी उपरीक्षक राठोरले मकवानपुर जिल्लामा भएका विभिन्न घटनामा संलग्न दोषीहरुलाई नियन्त्रणमा लिएर कानूनी दायरामा लिन मकवानपुर प्रहरी सफल भएको बताए । मञ्जुश्री असहाय संरक्षण केन्द्रका केन्द्रीय अध्यक्ष मञ्जु खाँडले हाल देशका २३ जिल्लामा रहेका केन्द्रका शाखाले बालबालिकाको संरक्षणमा काम गर्दै आइरहेको जानकारी दिइन ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : १७ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल