अलेप्पो प्रान्तका अधिकांश भूभाग सिरियाली सेनाको कब्जामा « Khabarhub

अलेप्पो प्रान्तका अधिकांश भूभाग सिरियाली सेनाको कब्जामा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अंकारा– टर्की र रुसबीच सिरियामा जारी युद्धबारे वार्ता हुनुअघि सिरियाली सेनाले उत्तरी प्रान्त अलेप्पोमा रहेको विद्रोहीको नियन्त्रित अधिकांश भूभाग फिर्ता गरेको छ । अलेप्पो प्रान्तको उत्तर पश्चिमी क्षेत्रमा विद्रोहीको कब्जामा रहेको भूभाग रुसी वायुसेनाको बमबारी र इरानी लडाकुको सहयोगमा सिरियाली सेनाको व्यापक कारवाहीपछि फिर्ता लिएको हो ।

बेलायतमा रही सिरियाली युद्धको अनुगमन गरिरहेको समूहका अनुसार सिरियाली सेनाले १३ वटा गाउँ र शहरहरु विद्रोहीको कब्जाबाट फिर्ता लिइएको हो । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्का अनुसार अब अलेप्पो प्रान्तमा दरात एज्जा नामक शहर आसपासका केही भूभाग मात्र सिरियाली विद्रोहीको नियन्त्रणमा छ । विद्रोही फौजले भने आफूनियन्त्रित भूभागबाट आफूहरु फिर्ता भएको जनाएका छन् ।

यसअघि सिरियाली सेनाले राजधानी दमास्कसलाई दोश्रो ठूलो शहर अलेप्पोलाई जोड्ने रणनीतिक रुपमा महत्वपूर्ण एम ५ राजमार्गलाई इडलिब प्रान्तमा विद्रोहीको नियन्त्रणबाट फिर्ता लिएको थियो । अर्कोतर्फ सिरियाली विद्रोहीको सबैभन्दा नजिकको साझेदार मुलुक टर्कीले भने विद्रोहीलाई सहयोग गर्नका लागि ठूलो सङ्ख्यामा सैनिक सहायता इडलिबतर्फ पठाएको टर्कीको समाचार संस्था अनादोलुले जनाएको छ ।

पछिल्ला दुई सातामा इडलिब प्रान्तमा सिरियाली सेनाको कारवाहीमा १३ जना टर्किस सैनिक मारिएका थिए । टर्कीले आफ्ना सैनिकविरुद्धको कारवाही रोक्नका लागि सिरियाली सेनाको निर्देशन दिन माग गरेको छ । टर्कीले त्यसो नभएको खण्डमा सिरियाली सेनालाई लक्षित गरी सैनिक कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ७ : १६ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक