लद्दाख भिडन्तपछि भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन : बलिदान खेर जान दिदैनौं « Khabarhub

लद्दाख भिडन्तपछि भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन : बलिदान खेर जान दिदैनौं


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखमा भएको चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको बलिदान त्यसै खेर जान नदिने बताएका छन्।

लद्दाख भिडन्तपछि बुधबार गृहमन्त्री अमित शाहसँगै १५ वटा राज्यका मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतले शान्ति चाहेको र उक्साउने काम भएमा त्यसको जवाफ दिन तयार रहेको बताएका हुन्।

सोमबार राति लद्दाखको गलवन घाटीमा भएको झडपपछि प्रधानमन्त्री मोदीले बुधबार घटनामा ज्यान गुमाउनेहरुको बलिदानी खेर जान नदिने बताएका हुन् ।

उनले भने, ‘म देशलाई भरोसा दिलाउन चाहन्छु कि हाम्रा जवानहरुको बलिदान खेर जाँदैन । हाम्रो लागि भारतीय अखण्डता र सम्प्रभुता सर्वोच्च छ र यसको रक्षाका लागि हामीलाई कसैले पनि रोक्न सक्दैन ।’

उनले भारत शान्ति चाहने र भारत उक्साउनेमाथि हरहालतमा उपयुक्त जवाफ दिने समेत बताए ।

मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समा कुराकानी गर्दै उनले छिमेकीसँग मित्रको रुपमा काम गरेको र सधैं विश्व कल्याणको कामना गरेको बताए । मतभेद भएका ठाउँमा विवाद नबढोस् भनेर ध्यान दिएको समेत बताए ।

उनले त्याग र विरता भारतको राष्ट्रिय चरित्रको अंश भएको बताए ।

‘म सिंगो देशलाई विश्वास दिलाउन चाहन्छु कि हाम्रा जवानको बलिदान खेर जाँदैन । सहिद वीर जवानको विषयमा देशलाई यो कुराको गर्व हुनुपर्छ कि उनीहरु मार्दैमार्दै मरेका हुन् ।’

पूर्वी लद्दाखको गलवान उपत्यकामा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’को विषयलाई लिएर चिनियाँ सेनासँगको भिडन्तमा सोमबार राति २० जना भारतीय सैनिकको मृत्यु भएपछि मोदीको पहिलो अभिव्यक्ति दिएका हुन् ।

हिन्दुस्तान टाइम्सले भारतीय प्रधानमन्त्री कार्यालय स्रोतलाई उद्धृत गर्दै मोदीले आउने शुक्रबार चीनसँगको सीमा विवादको विषयलाई लिएर सर्वदलीय बैठक बोलाउने भएका छ्न्।

बुधबारको भिडियो कन्फ्रेन्समा मृतक सैनिकको नाममा दुई मिनेट मौन धारणपछि प्रधानमन्त्री मोदीले सम्बोधन गरेका थिए।

उनले राष्ट्रिय एकता र सम्प्रभुता सबैभन्दा महत्वपूर्ण विषय भएको बताए । भारतले छिमेकीसँग सधैं मैत्रीपूर्ण तवरले सहकार्य गरेको छ, र यसलाई अझैं मजबुत बनाउने अपेक्षा राखेको समेत बताए । उनले भने, ‘हामीले सधैं मतभेदलाई द्वन्द्वमा बदल्ने भन्दा पनि समाधान गर्ने कोशिश गरेका छौं । कसैबाट पनि हाम्रो धैर्यको परीक्षा नलिइयोस्।’

बलिदान जस्तै बहादुरी र शाहस पनि हाम्रो राष्ट्रको चरित्र भएको बताएका थिए ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ४ : ३० बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै