लद्दाख भिडन्तपछि भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन : बलिदान खेर जान दिदैनौं | Khabarhub Khabarhub

लद्दाख भिडन्तपछि भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन : बलिदान खेर जान दिदैनौं


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखमा भएको चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको बलिदान त्यसै खेर जान नदिने बताएका छन्।

लद्दाख भिडन्तपछि बुधबार गृहमन्त्री अमित शाहसँगै १५ वटा राज्यका मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतले शान्ति चाहेको र उक्साउने काम भएमा त्यसको जवाफ दिन तयार रहेको बताएका हुन्।

सोमबार राति लद्दाखको गलवन घाटीमा भएको झडपपछि प्रधानमन्त्री मोदीले बुधबार घटनामा ज्यान गुमाउनेहरुको बलिदानी खेर जान नदिने बताएका हुन् ।

उनले भने, ‘म देशलाई भरोसा दिलाउन चाहन्छु कि हाम्रा जवानहरुको बलिदान खेर जाँदैन । हाम्रो लागि भारतीय अखण्डता र सम्प्रभुता सर्वोच्च छ र यसको रक्षाका लागि हामीलाई कसैले पनि रोक्न सक्दैन ।’

उनले भारत शान्ति चाहने र भारत उक्साउनेमाथि हरहालतमा उपयुक्त जवाफ दिने समेत बताए ।

मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समा कुराकानी गर्दै उनले छिमेकीसँग मित्रको रुपमा काम गरेको र सधैं विश्व कल्याणको कामना गरेको बताए । मतभेद भएका ठाउँमा विवाद नबढोस् भनेर ध्यान दिएको समेत बताए ।

उनले त्याग र विरता भारतको राष्ट्रिय चरित्रको अंश भएको बताए ।

‘म सिंगो देशलाई विश्वास दिलाउन चाहन्छु कि हाम्रा जवानको बलिदान खेर जाँदैन । सहिद वीर जवानको विषयमा देशलाई यो कुराको गर्व हुनुपर्छ कि उनीहरु मार्दैमार्दै मरेका हुन् ।’

पूर्वी लद्दाखको गलवान उपत्यकामा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’को विषयलाई लिएर चिनियाँ सेनासँगको भिडन्तमा सोमबार राति २० जना भारतीय सैनिकको मृत्यु भएपछि मोदीको पहिलो अभिव्यक्ति दिएका हुन् ।

हिन्दुस्तान टाइम्सले भारतीय प्रधानमन्त्री कार्यालय स्रोतलाई उद्धृत गर्दै मोदीले आउने शुक्रबार चीनसँगको सीमा विवादको विषयलाई लिएर सर्वदलीय बैठक बोलाउने भएका छ्न्।

बुधबारको भिडियो कन्फ्रेन्समा मृतक सैनिकको नाममा दुई मिनेट मौन धारणपछि प्रधानमन्त्री मोदीले सम्बोधन गरेका थिए।

उनले राष्ट्रिय एकता र सम्प्रभुता सबैभन्दा महत्वपूर्ण विषय भएको बताए । भारतले छिमेकीसँग सधैं मैत्रीपूर्ण तवरले सहकार्य गरेको छ, र यसलाई अझैं मजबुत बनाउने अपेक्षा राखेको समेत बताए । उनले भने, ‘हामीले सधैं मतभेदलाई द्वन्द्वमा बदल्ने भन्दा पनि समाधान गर्ने कोशिश गरेका छौं । कसैबाट पनि हाम्रो धैर्यको परीक्षा नलिइयोस्।’

बलिदान जस्तै बहादुरी र शाहस पनि हाम्रो राष्ट्रको चरित्र भएको बताएका थिए ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ४ : ३० बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना