कोरोना संक्रमित बढेपछि बेइजिङका उडान र रेलसेवा फेरि रद्द « Khabarhub

कोरोना संक्रमित बढेपछि बेइजिङका उडान र रेलसेवा फेरि रद्द


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको राजधानी बेइजिङमा कोरोना भाइरस विरुद्धको लडाइलाई फेरि सशक्त बनाउन लागेको छ ।

पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमित भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।

उच्च सतर्कता अपनाउने क्रममा बेइजिङमा रहेका २ ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्द गरिएको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका हुन् ।

बेइजिङमा अहिलेसम्म ९० हजार जनाको कोरोना परीक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् ।

बेइजिङबाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ ।

टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाई छ। बुधबारदेखि माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई अनलाइन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ ।

कलेजका शंकास्पद विद्यार्थीलाई भने कलेजमै फिर्ता गरिएको छ । बेइजिङ्का सार्वजनिक स्थलहरूमा आवतजावत गर्न पनि कडाई गरिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : ०५ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप