अयोध्याबारे नेपालको परराष्ट्रले प्रष्ट पारिसक्यो, जवाफ जरूरी छैन : भारतीय विदेश मन्त्रालय « Khabarhub

अयोध्याबारे नेपालको परराष्ट्रले प्रष्ट पारिसक्यो, जवाफ जरूरी छैन : भारतीय विदेश मन्त्रालय


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याबारे गरेको टिप्पणीमा परराष्ट्र मन्त्रालयले प्रष्ट पारिसकेकाले जवाफ जरूरी नरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार नियमित प्रेस ब्रिफ्रिङमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रामको जन्मभूमि’ बारेमा दिएको अभिव्यक्तिबारे पत्रकारले सोधेको प्रश्‍नको उत्तर दिँदै यसबारेमा टिप्पणी नगर्ने बताएका हुन्।

‘भारतको विशाल र समृद्ध सांस्कृतिक विरासत विश्‍वभर परिचित छ। नेपालको विदेश मन्त्रालयले पनि यसबारेमा स्पष्टीकरण दिइसकेको छ’, श्रीवास्तवले भने, ‘हामीले यसबारेमा थप टिप्पणी गर्न जरूरी छैन, म यसबारेमा केही भन्‍न चाहन्‍नँ।’

प्रधानमन्त्री ओलीले आदिकवि भानुभुक्त आचार्यको जन्म जयन्तीका अवसरमा असार २९ गते भगवान रामको जन्म वीरगञ्ज  पश्चिमस्थित ठोरीमा भएको दाबी गरेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर नेपालभित्रै पनि चर्को आलोचना भएको थियो । ओलीको सर्वत्र आलोचना भएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिँदै यो कुनै राजनीतिक विषय र कसैप्रति लक्षित धारणा नभएको जनाएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ५ : ४८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह