कर्णाली प्रदेशका नेतालाई ओलीले भने–अध्यक्षको निष्कर्ष मान्नुहोस् | Khabarhub Khabarhub

कर्णाली प्रदेशका नेतालाई ओलीले भने–अध्यक्षको निष्कर्ष मान्नुहोस्


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको विवाद समाधानको निष्कर्ष दुई अध्यक्षले निकाल्ने बताएका छन् ।

कर्णाली विद्रोहका विषयमा प्रधानमन्त्री निवासमा चलेको छलफलमा प्रधानमन्त्रीले समस्या सुनेर दुवै अध्यक्षको छलफलबाट निष्कर्ष निकालिने बताएको बालुवाटार स्रोतले जनाएको छ ।

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपा संसदीय दलमा बुझाइएको अविश्वास प्रस्तावका विषयमा शनिबार प्रधानमन्त्री निवासमा छलफल भएको थियो।

छलफलमा सहभागी एक नेताले प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भने, ‘तपाईंहरुको कुरा सुनेँ। अब हामी अध्यक्षद्वय बसेर छलफल गर्छौं र एउटा निष्कर्ष निकाल्छौँ । त्यसलाई तपाईंहरुले मानेर जानुपर्छ।’

सहभागीहरुले पार्टी र सरकार राम्रो बनाउनुपर्नेमा जोड दिएको ती नेताले बताए ।

आइतबार अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रक्रिया स्थगित गर्न र तुरुन्त काठमाडौं आउन दुवै पक्षलाई पत्र पठाएका थिए। सोही अनुसार, मुख्यमन्त्री शाहीसहित नेकपा कर्णाली प्रदेश कमिटीका पदाधिकारी काठमाडौं आएका हुन्।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ४ : ५६ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल