कर्णाली प्रदेशका नेतालाई ओलीले भने–अध्यक्षको निष्कर्ष मान्नुहोस् « Khabarhub

कर्णाली प्रदेशका नेतालाई ओलीले भने–अध्यक्षको निष्कर्ष मान्नुहोस्


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको विवाद समाधानको निष्कर्ष दुई अध्यक्षले निकाल्ने बताएका छन् ।

कर्णाली विद्रोहका विषयमा प्रधानमन्त्री निवासमा चलेको छलफलमा प्रधानमन्त्रीले समस्या सुनेर दुवै अध्यक्षको छलफलबाट निष्कर्ष निकालिने बताएको बालुवाटार स्रोतले जनाएको छ ।

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपा संसदीय दलमा बुझाइएको अविश्वास प्रस्तावका विषयमा शनिबार प्रधानमन्त्री निवासमा छलफल भएको थियो।

छलफलमा सहभागी एक नेताले प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भने, ‘तपाईंहरुको कुरा सुनेँ। अब हामी अध्यक्षद्वय बसेर छलफल गर्छौं र एउटा निष्कर्ष निकाल्छौँ । त्यसलाई तपाईंहरुले मानेर जानुपर्छ।’

सहभागीहरुले पार्टी र सरकार राम्रो बनाउनुपर्नेमा जोड दिएको ती नेताले बताए ।

आइतबार अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रक्रिया स्थगित गर्न र तुरुन्त काठमाडौं आउन दुवै पक्षलाई पत्र पठाएका थिए। सोही अनुसार, मुख्यमन्त्री शाहीसहित नेकपा कर्णाली प्रदेश कमिटीका पदाधिकारी काठमाडौं आएका हुन्।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ४ : ५६ बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक