८ कठ्ठामा लगाइएको गाँजा नष्ट « Khabarhub

८ कठ्ठामा लगाइएको गाँजा नष्ट


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सामा ८ कठ्ठा जग्गामा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ ।

सखुवाप्रसौनी गाउँपालिकाको जमुनियामा ३ कट्ठा, औराहामा ५ कठ्टा ८ धुर र पर्सागढी नगरपालिकामा ७ धुर गरी जम्मा ८ कट्ठा १५ धुर जग्गामा लगाएको गाँज खेती नष्ट गरिएको हो ।

गाँजा नष्ट गर्ने क्रममा एक जनालाई पक्राउ पनि गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ औराहाका ६० वर्षीय कमल चौधरी रहेका छन् ।

गाँजाखेतीमा गोडमेल गर्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । चौधरीले ३ कठ्ठा जमिनमा गाँजा खेती गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ९ : ५५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको