‘ऐना’मार्फत प्रस्तोता बन्दै कांग्रेस प्रवक्ता शर्मा « Khabarhub

‘ऐना’मार्फत प्रस्तोता बन्दै कांग्रेस प्रवक्ता शर्मा


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा अब टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा देखिने भएका छन् ।

प्रवक्ता शर्मा कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार प्रशारण हुने कार्यक्रम ‘ऐना’मार्फत टेलिभिजन प्रस्तोता बन्न लागेका हुन् ।

प्रवक्ता शर्माका अनुसार कार्यक्रम ‘ऐना’ आगामी माघ ७ गतेदेखि हरेक बुधबार कान्तिपुर टेलिभिजनमार्फत् प्रसारण हुनेछ । कार्यक्रम २६ वटा एपिसोडसम्म प्रसारण हुनेछ ।

प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा आफूले कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिँदै विद्रोही कवि रमाशंकरको भाव समेट्दै लेखेका छन्,‘इतिहासमा ती प्रथम महिलाको को थिइन्, जसलाई सबैभन्दा पहिला जिउँदैं जलाइयो ? तिनी जो भए पनि मेरी आमा थिइन् होला, भविष्यमा अन्तिम महिला को हुनेछिन्, जसलाई सबैभन्दा अन्तिममा जलाइनेछ ? तिनी सायद मेरी छोरी हुनेछिन् । म यो हुन दिन्नँ ।’

होराइजन मल्टी मिडियाको निर्माणमा बन्न लागेको कार्यक्रम ‘ऐना’मा बोक्सी प्रथा, बलात्कार, जातीय विभेद, चेलीबेटी बेचविखन, बालश्रम, दाइजो, छाउपडी, घरेलु हिंसा लगायतका सामाजिक कुरीतिका विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए ।

शर्माले राजनीति एकातिर रहेको र अर्कातिर सामाजिक चेतनाका लागि आफू कार्यक्रम सञ्चालक बन्न लागेको बताए ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १० : ०० बजे

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो