आस्था राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी « Khabarhub

आस्था राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ ।

गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन् ।

गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन् । तर शुक्रवार सार्वजनिक भएको विमानस्थलको सीसीटीभी फुटेजपछि प्रहरी जवान श्रेष्ठले गायिका राउत विरुद्ध उजुरी दिएकी थिइन् ।

उनले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएकी थिइन् । विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उजुरीसहितको कागजपत्र पठाएको थियो ।

रानीपोखरीले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउन महानरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो ।

महानगरिय प्रहरी परिसरका आयुक्त डीआइजी विश्वराज पोखरेलले आस्था राउत प्रकरणमा आवश्यक अनुसन्धान अघि बढाउन काठमाडौं परिसरलाई लेखि पठाइएको जानकारी दिए ।

महानरीय प्रहरी परिसर काठमाडौं श्रोतका अनुसार अनुसन्धान अघि बढाउनका लागि गायिका राउतलाई भोलि(आइतवार) नै नियन्त्रणमा लिने तयारी गरिएको छ ।

भोलि जिल्ला प्रशासन कार्यालय खुलेपछि अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि राउतलाई नियन्त्रणमा लिनुपर्ने भएकाले पक्राउ पुर्जी जारी गर्नका लागि प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिने तयारी प्रहरीले गरेको छ ।

प्रमुख जिल्ला अधिकारीले पक्राउ पुर्जी जारी गरेपछि राउतलाई भोलि नै पक्राउ गर्ने तयारी गरिएको प्रहरी श्रोतले जानकरी दियो ।

कार्यक्रमका लागि गायिका राउत भने भारतको सिक्किम पुगेकी छिन् । उनी भोलि नै नेपाल फर्कने कार्यक्रम रहेकोले उनलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ ।

यो पनि पढ्नुहोस्

राजेश पायलले आस्थालाई भनेः शाहरुखको कट्टु पनि चेक भएको थियो, तिमी रुन्ची नबन !

दीपकराज गिरीले आस्था राउतलाई भने : गल्ती तिम्रो फेसबुक लाइभले गर्यो !

फेरि भिडियो लाइभमा आइन् आस्था राउत, रुँदै मागिन् माफी

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको उजुरी

भिडियोमा हेर्नुस्, विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?

आस्था राउतको बयान: महिला प्रहरीले झोलामा कफी खन्याइदिन्छु भन्दै विमानस्थलमै न्याँकिन्

प्रहरीले ‘तँ’ भनेको भन्दै आस्था राउतले पोखिन् आक्रोश, विवादपछि हटाइन् भिडियो

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ८ : १३ बजे

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर