साउनमा हरियोको महिमा र महत्व « Khabarhub

साउनमा हरियोको महिमा र महत्व


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

श्रावण महिनालाई भगवान शिवको महिनाका रुपमा मानिदै आइएको छ । यो महिनामा नदी वा तलाउको पवित्र जल शिवलाई अर्पण गरेमा शिवको असिम कृपा प्राप्त हुने धार्मीक मान्यता रहदै आएको छ ।

यस महिनामा हिन्दु धर्मालम्बीहरु इच्छाइएको शिवालयमा गई शिवलाई जल अर्पण गर्ने परम्परा छ । यस क्रममा शिवलाई प्रसन्न पार्न बोलबम जाने । हरियो वा गेरु रंग धारण गर्ने परम्परा छ ।

पछिल्लो एक दशक यता श्रावणमा हरियो रंग लगाउने चलन बढेको छ । श्रावणमा महिलाले हरियो रंगको सारी लगाउने, चुरा, पोते लगाउने चलन बसेको छ । आखिर श्रावणमा हरियो रंग लगाउनुको कारण के छ त ?

श्रावणमा विवाहित महिलाले हरियो रंगको चुरा, पोते, सारी वा हरियो रंग धारण गर्दा परिवारमा खुसी बढ्ने तथा श्रीमानको भविष्यमा राम्रो प्रभाव पर्ने मान्यता छ । यस अलावा रातो रंग धारण गर्दा खुशी र सौभाग्य बढ्ने विश्वास गरिन्छ ।

बुध ग्रहको प्रभाव व्यक्तिको भवष्यि र व्यवसायमा सीधा रहने गर्दछ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो क्षेत्रमा सफल हुने विश्वास गरिन्छ । हिन्दु मान्यता र ज्योतिषशास्त्र अनुसार हरियो रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ ।

तसर्थ हरियो रंग धारण गर्दा बुध बलियो हुने विश्वास छ । बुध बलियो हुदाँ मानिसले सन्तान सुख प्राप्त गर्ने तथा बुद्धि र समृद्धिलाई बढावा दिने मान्यता छ ।

भगवान् शिवलाई प्रसन्न पार्न र शिव कृपा पाउन पनि हरियो रंग धारण गर्ने चलन रहेको छ । शिव आफैमा योगी भएकाले हरियो प्रकृति र यसको रंगले शिवलाई चाडैं प्रसन्न पार्ने विश्वास छ । तर्सथ महिलाहरू श्रावणमा हरियो मेहन्दी, चुरा, पोते र सारी लगाउने गर्दछन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : ०८ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा