नेपाल-भारत सीमामा गोली चल्यो, एक युवक र प्रहरी घाइते « Khabarhub

नेपाल-भारत सीमामा गोली चल्यो, एक युवक र प्रहरी घाइते


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- नेपाल भारत सीमा क्षेत्रमा गोली चलेको छ । गोली लागि एक युवक र एक प्रहरी घाइते भएका छन् ।

सशस्त्र प्रहरीले चलाएको गोली लागि हरिनगर ७ सुकुम्बासी टोलमा बस्दै आएका २० वर्षीय सहजव जट घाइते भएका हुन्।

पेटमा गोली लागेका उनीहरूको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा खटिएको टोली माथि शुक्रवार आक्रमण भएपछि प्रतिकार गर्दा गोली चलाएको प्रहरीले जानकारी दिएको छ। तस्करीको विषयमा प्रहरीको हतियार खोस्न खोजेपछि झडप भएको थियो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार तस्करीको विषयमा विवाद भएपछि प्रहरीको हतियार खोस्न खोजे, ढुङ्गा प्रहार भएपछि प्रहरीले गोली चलाएको छ ।

त्यस्तै एक प्रहरी जवान जिवराज विसङ्खे पनि घाइते भएका छन्। दुबै जनाको धरानमा उपचार भइरहेको छ।

बिहिवार मात्र सुनसरीकै सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको थियो।

गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका थिए। देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव घाइते भएका थिए। तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको थियो।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ११ : ४० बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था