नेपालमा कोरोना : सक्रिय संक्रमित- ५,८२५, निको हुने- ११,६३७ « Khabarhub

नेपालमा कोरोना : सक्रिय संक्रमित- ५,८२५, निको हुने- ११,६३७


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर गरिएकोमा ५७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ।

आज कहाँ कति थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मोरङका ९ जना, तेह्रथुम २ जना, ईलामका १ जना, झापाका १ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी  बाराका १ जना, सर्लाहीमा २ जना, नुवाकोट १ जना, बाग्लुङ १ जना, पर्वत १ जना, गुल्मीका २ जना, पाल्पाका २ जना, दैलेखका ५ जना, सल्यान १ जना, रुकुम पश्चिमका ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी डडेल्धुराका २ जना, बझाङका २ जना, डोटीका ७ जना, कैलालीका १३ जना, कञ्चनपुरका १ जना गरी बितेको २४ घण्टामा नेपालमा ५७ जनामा कोरोना पुष्टि भएको छ ।

कुन प्रदेशमा कति संक्रमित ?

देशका विभिन्न अस्पतालहरुमा उपचाररत संक्रमितहरुमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ २ हजार ३ सय ५२ जना संक्रमित रहेका छन् भने सबैभन्दा कम प्रदेश नं १ मा ७९ जना रहेका छन् ।

प्रदेश नं १ मा ७९ जना

प्रदेश नं २ मा १ हजार ८ सय ४४ जना

बाग्मती प्रदेशमा ४ सय ११ जना

गण्डकी प्रदेशमा ४ सय ८ जना

प्रदेश नं ५ मा ४ सय १४ जना

कर्णाली प्रदेशमा ३ सय १७ जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना

२४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६३७ पुगेको छ ।

कुल सङ्क्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको हो । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

सक्रिय एउटा पनि केस नभएका जिल्लामा भोजपुर, पाँचथर,रसुवा, मनाङ, मुस्ताङ र हुम्ला रहेको पनि उनले जानकारी दिए । यस्तै रौतहट, कैलाली, र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सङ्क्रमित रहेकाे मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा आफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ४ : ४५ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा