३३ सय बढीको पीसीआर परीक्षण गर्दा ५७ मा कोरोना पुष्टि « Khabarhub

 ३३ सय बढीको पीसीआर परीक्षण गर्दा ५७ मा कोरोना पुष्टि


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ ।

गत २४ घण्टामा ५७ जनामा मात्रै कोरोना सङ्क्रमण देखिएको छ । बिहीबार १६७ र शुक्रबार १०१ जनामा कोरोना देखिएको थियो ।

चौबीस घण्टामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा मोरङका दुई र तेह्रथुमका दुई, कोशी अस्पताल विराटनगरमा इलामका एक र मोरङका छ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एक र मोरङका एक, नारायणी अस्पताल वीरगञ्जमा बाराका एक जनालाई कोरोना देखिएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका दुई, नुवाकोटका दुई, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका एक, पर्वतका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका दुई र पाल्पाका दुई, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा दैलेखका एक, दैलेख पीसीआर प्रयोगशाला दैलेखमा दैलेखका चार, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा सल्यानका एक र रुकुमपश्चिमका तीन जनामा कोरोना देखिएको छ ।

डडेल्धुरा अस्पतालमा डडेल्धुराका दुई, बझाङका दुई र डोटीका सात, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कैलालीका १३ र कञ्चनपुरका एक गरी आज जम्मा ५७ जनामा कोरोना देखिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८२५ छ ।

सङ्क्रमणमुक्त भई घर फर्किने र हालसम्म सक्रिय सङ्क्रमण रहने दुवैको जम्मा सङ्ख्या १७ हजार ५०२ पुगेको छ । विगत २४ घण्टामा २७ प्रयोगशालामा तीन हजार ३३१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।

अहिले क्वारेन्टिनमा रहनुभएका व्यक्तिको सङ्ख्या २३ हजार २७५ रहेको छ । आइसोलेसन रहेका सङ्क्रमित व्यक्तिको सङ्ख्या पाँच हजार ८२५ छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १०३ रहेको छ । आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ६३७ (६६.१२ प्रतिशत) छ । उनीहरुको उपचार तथा हेरचाहमा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य सहयोगीलाई मन्त्रालयले धन्यवादसमेत व्यक्त गरेको छ । मन्त्रालयले जनस्वास्थ्यको न्यूनतम पालन गर्नसमेत आग्रह गरेको छ ।

मन्त्रालयको दुई वटा कल सेन्टरबाट ७६७ कल प्राप्त भएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६० हजार ५०० छ । त्यसमा सक्रिय प्रयोगकर्ताको सङ्ख्या ८७ हजार २८१ छ ।

जम्मा इन्ट्री गरिएको सङ्ख्या ६७ हजार ८४७ रहेकामा आज ७० जनाले इन्ट्री गर्नुभएको छ । रेडजोनमा परेकाको जम्मा सङ्ख्या ५२७ छ । आज कोही पनि रेडजोनमा परेका छैनन् । मन्त्रालयको वेबसाइट हेर्नेको सङ्ख्या ३० लाख ५१ हजार ५०० छ । भाइबर ग्रुपमा जोडिनेको सङ्ख्या चार लाख छ हजार ४२४ छ ।

हालसम्मको विश्वको तथ्याङ्क हेर्दा एक करोड ४२ लाख दुई हजार ९७९ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । त्यसैगरी पाँच लाख ९९ हजार ६०३ व्यक्तिको निधन भइसकेको छ ।

प्रवक्ता गौतमले भने, “सार्क सदस्य देशहरुसँग नेपाललाई तुलना गरेर हेर्दा नेपाल पिसीआर परीक्षण गर्ने मुलुकमा अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।”

कोभिड–१९ बाट प्रत्येक १० लाखमा मृत्यु हुनेको अनुपातमा बङ्गलादेश, भारत, माल्दिभ्स, अफगानिस्थान र पाकिस्तानभन्दा नेपालमा कम रहेको छ । प्रत्येक १० लाखमा पीसीआर परीक्षणको सङ्ख्या अफगानिस्तानमा दुई हजार १३३, बङ्गलादेशमा छ हजार ११०, श्रीलङ्कामा छ हजार ३२७, पाकिस्तानमा सात हजार ६८६, भारतमा नौ हजार ७३० र नेपालमा १० हजार ६९५ छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : २७ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा