सप्तरीमा भदौ १५ गतेसम्म निषेधाज्ञा, चाडपर्व घरमै मनाउन आग्रह « Khabarhub

सप्तरीमा भदौ १५ गतेसम्म निषेधाज्ञा, चाडपर्व घरमै मनाउन आग्रह


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा जारी निषेधाज्ञाको अवधि १५ दिन थपिएको छ ।

जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र सप्तरीको आज बसेको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले बताए ।

सप्तरी जिल्लाभरि गत साउन २० गतेदेखि जारी गरिएको निषेधाज्ञा आज मध्य राति सकिन लागेका बेला बैठकले पुनः थप गर्ने निर्णय गरेको बैठकमा सहभागी नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताए ।

प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा राजनीतिक दल, नागरिक समाजसहित आज बसेको बैठकले निषेधाज्ञालाई निरन्तरता दिँदै अवधि थप गर्ने निर्णय गरेको हो । प्रजिअ आचार्यले जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या दुई सय नाघेको र विभिन्न स्थानमा संक्रमित बढिरहेकाले निषेधाज्ञालाई निरन्तरता दिनुपरेको बताए ।

प्रजिअ आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकासहित सप्तरी जिल्लाभरि अनावश्यक हिँडडुल र आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निषेधाज्ञाको निर्णय गरेको जनाइएको छ ।

अत्यावश्यक कामसमेत तोकिएबमोजिमको स्वास्थ्य सुरक्षा सतर्कताको मापदण्डको पूर्ण पालना गरी गर्न, गराउन निषेधाज्ञा जारी गरिएको बताउँदै प्रजिअ आचार्यले चाडपर्वसमेत घरपरिवारका बीच घरभित्रै मनाउन आग्रह गरेका छन् ।

हनुहमाननगर कंकालिनी नगरपालिकामा आज एकै परिवारका आठसहित ११ जना संक्रमित देखिएपछि जिल्लामा संक्रमित ६८३ पुगेको स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गरी जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आजसम्म सप्तरीमा ९७ महिला र ५८६ पुरुष गरी कुल ६८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये तीन जनाको मृत्यु भएको छ । बाँकी संक्रमितमध्ये ४८ महिला र ४१२ पुरुष गरी कुल ४६० जना निको भएर घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले बताए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : ५४ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि