नवलपुरका १९ सहित गण्डकी प्रदेशमा थप ५२ जनामा संक्रमण « Khabarhub

नवलपुरका १९ सहित गण्डकी प्रदेशमा थप ५२ जनामा संक्रमण


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका १९, तनहुँका १६ जना, कास्कीको पोखरा महानगरका ८, गोरखाका ३,  स्याङजाका ५ र लमजुङका १ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ९ का २ महिला, १० का १ पुरुष तथा २ महिला,  १४ की १ महिला, १६ का १ पुरुष र २१ की १ महिला , तनहुँको शुक्लागण्डकीका ४ वटा वडाका ४ पुरुष तथा ३ महिला, ब्यास २ र ४ का ४ पुरुष तथा  ४ महिला, भानुकी १ महिला रहेका छन् ।

यस्तै स्याङजाको चापाकोट १९ पुरुष तथा ३ महिला, वालिङका ३ पुरुष तथा १ महिला, चापाकोटका १  पुरुष, लमजुङ सुन्दरबजारकी १ महिला, गोरखाको गोरखा नगरपालिकाका १ पुरुष, तथा २ महिला मा संक्रमण भएको छ ।

यस्तै नवलपुर गैंडाकोटका ९ पुरुष तथा ३ महिला, देबचुलीका १ पुरुष तथा २ महिला र कावासोतीका १-१ महिला पुरुषमामा आइतबार बिहान  कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६८५ पुगेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ७ : ५४ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको