भारतको टेलिकम क्षेत्र संकटमा, बन्द हुने अवस्थामा भोडाफोन « Khabarhub

भारतको टेलिकम क्षेत्र संकटमा, बन्द हुने अवस्थामा भोडाफोन


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको टेलिकम क्षेत्र धरासयी बन्दै गएको छ ।

टेलिकम बजारका लागि विश्वमै ठूलो र प्रसिद्ध मानिने भारत अहिले भने संकटबाट गुज्रिरहेको छ ।

टेलिकम कम्पनीहरुले भारत सरकारलाई १३ अर्व डलर बरावरको रकम तिर्नु पर्ने समेत अदालतले आदेश दिएको छ । यसका लागि भारतको सर्बोच्च अदालते १७ मार्च सम्मको म्याद दिएको छ ।

अदालतले टेलिकम कम्पनीहरुलाई सरकारलाई तिर्नुपर्ने रकम अदालतले दिएको समयमा नर्तिदा अदालतको अवहेलना मुद्धा लगाउन सक्ने पनि जनाएको छ ।

टेलिकम कम्पनी भोडाफोन अदालतको यो फैसालापछि अझ बढि अप्ठ्यारो परेको छ । भारतीय टेलिकम कम्पनी भोडाफोन आइडियाको आग्रहलाई भारतीय सर्वोच अदालतले खारेज गरिदिएको छ ।

घाटाका कारण सरकारले तोकेको हजारौं करोड रुपैयाँ तिर्न नसक्ने जनाउँदै आएको भोडाफोनले सोमवार सम्ममा २५ सय करोड भारु तिर्ने प्रस्ताव गरेको थियो । यो प्रस्ताव पनि खारेज भएको छ ।

भोडाफोनले गत हप्ता सार्वजनिक गरेको विवरणमा ६ हजार ४५३ करोड भारुको त्रैमासिक घाटा भएको जनाएको थियो । सरकार वा अदालतबाट सहयोग प्राप्त नभएमा आफ्नो कारोवार बन्द गर्ने भोडाफोनले यसअघि नै घोषणा गरेको छ ।

बेलायती कम्पनी भोडाफोन भारतीय बजारको एकताकाको सबैभन्दा ठूलो र पूरानो कम्पनी हो । कम्पनीको भारतमा ३० करोड भन्दा बढि उपभोक्ताहरु रहेका छन् भने हजारौंले रोजगारी समेत पाउँदै आएका छन् ।

भारतमा एयरटेलको अवस्था पनि उत्ति राम्रो रहेको छैन । कम्पनीलाई पनि गएको त्रैमासिकमा ३ अर्व डलरको नोक्सान भएको थियो । नोक्सानका बाबजुद कम्पनीले भारत सरकारलाई करिव ५ अर्व डलर तिर्नुपर्नेछ ।

भारतीय टेलिकम क्षेत्रमा तीन वर्ष पहिले मात्रै प्रवेश गरेको जियोले प्रवेश लगत्तै इन्टरनेटको दरमा निकै कम गरिदिएको थियो ।जसले भारतको पुरा डाटा मार्केटमा नयाँ तहल्का मच्चाएको थियो ।

यसै कारण भारत विश्वको सबैभन्दा सस्तो दरमा मोबाइल इन्टरनेट उपलब्ध गराउने राष्ट्रको रुपमा दरिएको थियो । तर जियोको यस कदमले अन्य कम्पनी भोडाफोन र एयरटेलको आम्दानीमा भने निकै ठूलो असर परेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ७ : १३ बजे

डिजिटल रूपान्तरण परियोजनाका लागि एडीबीसँग ऋण सम्झौता

काठमाडौं– नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच डिजिटल

भारत–न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर, शतप्रतिशत भारतीय निर्यात करमुक्त

नयाँदिल्ली– भारत र न्यूजील्याण्डबीच द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि नयाँ युगको

अर्थतन्त्रमा गम्भीर दबाब : सञ्चित कोषमा सवा खर्ब घाटा, सार्वजनिक ऋण १० वर्षमा दोब्बर, तिर्नै मुस्किल

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको ७६ बुँदे

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

टीकापुर– कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना गर्न

सांसदहरूको सुझाव : निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र अघि बढाऔं

काठमाडौं– सांसदहरूले निजी क्षेत्रको मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि