महाशिवरात्रिका लागि ३ हजार साधुसन्त आइपुगे, ४ सय बढी पशुपतिनाथ मूल मन्दिर परिसरमा बस्ने (फोटो फिचर) « Khabarhub

महाशिवरात्रिका लागि ३ हजार साधुसन्त आइपुगे, ४ सय बढी पशुपतिनाथ मूल मन्दिर परिसरमा बस्ने (फोटो फिचर)



काठमाडौं- महाशिवरात्रि पर्वको अवसर पारेर तीन हजारभन्दा बढी साधुसन्त पशुपतिमा आइपुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साधुसन्त आउने क्रम जारी रहेकाे कोषले जनाएको छ ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा नेपाल, भारतलगायत विश्वका विभिन्न स्थानबाट साधु-सन्तहरु पशुपतिनाथमा आउने गर्छन् ।

चार सयभन्दा बढी नागाबाबा भने पशुपतिनाथको मूल मन्दिर परिसरमा बस्ने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए ।

आज बिहानदेखि नागाबाबा भने पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गरेको संस्थानले जनाएको छ । औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्र नै नागाबाबा बस्न पाउने परम्परा समेत छ ।

साधुको बिदाइ औँसीका दिन गरिन्छ । साधुसन्त आ–आफ्नो सम्प्रदाय अनुसारका अखडामा बस्ने गर्छन् ।

साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको सङ्कल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा रही आएको छ । यस बाहेक कोषले पनि धुनी, खाना र बिदाइका लागि बेग्लै व्यवस्था गरेको छ ।

पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म धुनीका लागि दाउरा, खाना र बिदाइका बेला दक्षिणा दिने गरिन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ७ : २४ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ