कोरोना त्रास : धमाधम बन्द हुँदै नेपाली दूतावासहरु, घरबाटै सेवा « Khabarhub

कोरोना त्रास : धमाधम बन्द हुँदै नेपाली दूतावासहरु, घरबाटै सेवा


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपमा कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएसँगै नेपाली दूतावासहरु धमाधम बन्द हुन थालेका छन् ।

दूतावास खोल्दा कर्मचारीबीच संक्रमण फैलन सक्ने भन्दै युरोपमा रहेका नेपाली दूतावासहरु बन्द हुन थालेको हो । केही दूतावासहरुले अत्यावश्यकबाहेका सेवाका लागि दूतावास नआउन यसअघिनै सूचनाहरु जारी गरिसकेका छन् ।

दूतावासहरुले अत्यावश्यक सेवा टेलिफोन, इमेल, इन्टरनेटबाट दिइरहेको जनाएका छन् ।

फ्रान्सको पेरिसमा रहेको नेपाली राजदूतावासले कोरोना भाईरस संक्रमणको कारण उत्पन्‍न आपतकालीन अवस्थाका कारणले अर्को सूचना नभएसम्म नेपाली दूतावास बन्द रहने सूचना निकालेको छ । उसले आपतकालिन सेवाका लागि सम्पर्क गर्नका लागि फोन नम्बर राखेको छ । कोरोना भाइरसको संक्रमण यतिबेला युरोपमा बढी देखिएको छ ।

बेल्जियमाको ब्रसेल्स्, स्विजरल्याण्डको जेनेभा लगायतका स्थानमा रहेका दूतावास बन्द रहेका छन् । यसअघि अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यन्त जरूरी अवस्थामा मात्र राजदूतावासमा सम्पर्क गर्न अस्ट्रेलियामा रहेका नेपालीहरुलाई आग्रह गरेको थियो । त्यस्तै यूएईस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेको सूचना मंगलबार नै प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ४ : ४९ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित