सोमालियामा अल–शबाबका सात लडाकू मारिए « Khabarhub

सोमालियामा अल–शबाबका सात लडाकू मारिए


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोगादिशु – अफ्रिकी मुलुक सोमालियाको सेनाले गरेको कारबाहीमा इस्लामिक विद्रोही समूह अल–शबाबका छ जना लडाकूको मृत्यु भएको छ ।

सेनाका एक कमान्डर अडेन मोहमद इब्राहिमका अनुसार ती लडाकूहरु किस्मायो प्रान्तको बाहिरी इलाकामा भएको सैनिक कारबाहीमा मारिएका हुन् ।

इब्राहिमले कोबान र बुला हाजी गाउँमा सेना र विद्रोहीबीच भिषण संघर्ष भएको पनि बताए । सैन्य कारबाहीका क्रममा धेरै वटा गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको र ठूलो परिमाणमा हातहतियार बरामद भएको उनले दाबी गरे ।

गत जुलाई १२ मा पनि बे क्षेत्रको दक्षिणी भागमा सेनाले गरेको अर्को कारबाहीमा सात जना अल–शबाबका लडाकू मारिएका थिए भने केही घाइते भएका थिए ।

यसैबीच, सोमालियाका आन्तरिक सुरक्षामन्त्री अब्दिनासिर सइद मुसे एउटा हत्या प्रयासबाट बचेका छन् । राजधानी मोगादिशु बाहिर होडान जिल्लाको भ्रमणका क्रममा सडक किनारामा थापिएको विद्युतीय धरापमा उनको सवारी साधन परेको थियो, तर सुरक्षा निकायहरुले उनी अर्को सवारी साधनमा चढेकाले बाँच्न सफल भएको बताएका छन् ।

उक्त घटनाको कसैले जिम्मेवारी लिएका छैनन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ४३ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी