लकडाउनले १९ अर्ब राजस्व गुम्यो « Khabarhub

लकडाउनले १९ अर्ब राजस्व गुम्यो


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड– १९ नियन्त्रणका लागि गरिएको लकडाउनको बाध्यतासँगै आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्यभन्दा १९ अर्ब राजस्व कम सङ्कलन गरेको छ ।

कार्यालयलाई राजस्व विभागले रु ४३ अर्ब ३८ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।

विभागले कार्यालयलाई दिएको लक्ष्यभन्दा रु १९ अर्ब ९६ लाख ८४ हजार कम अर्थात् रु २४ अर्ब ३७ करोड ८० लाख १६ हजार मात्र राजस्व सङ्कलन भएको हो । कार्यालयले दिएको जानकारीअनुसार लक्ष्यको ५६ दशमलव १९ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ ।

कार्यालयका प्रमुख सुवप्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०७५/७६ मा कार्यालयले रु ३० अर्ब ३५ करोड २३ लाख १९ हजार राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले गत आर्थिक वर्षमा आय कर रु दुई अर्ब १९ करोड ३१ लाख ६१ हजार, बहाल कर रु पाँच करोड ७९ लाख ५० हजार, व्याजकर रु १४ करोड ९० लाख ९५ हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब नौ करोड ८४ लाख ८६ हजार, अन्तःशुल्क रु १९ अर्ब ८६ करोड १२ लाख नौ हजार, स्वास्थ्य सेवा कर रु एक करोड ७८ लाख ६८ हजार र शिक्षा सेवा कर रु दुई लाख ४७ हजार सङ्कलन भएको छ ।

प्रतिशतका हिसाबले मूल्य अभिवृद्धि करमा १०० दशमलव ४१ प्रतिशत असुल भए पनि अन्य सबै लक्ष्यभन्दा कम रहेको रिजालले बताए । राजस्वको मुख्य हिस्सा अन्तःशुल्क हो । असार मसान्तसम्ममा अन्तःशुल्कमा रु ३७ अर्ब ९४ करोड ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

तर लक्ष्यको ५२ दशमलव ३४ प्रतिशत मात्र अन्तःशुल्क सङ्कलन भएको छ । अन्तःशुल्कमा मदिराजन्य वस्तु बिक्रीवितरण, निस्कासन र ढुवानी रोकिएकै कारण राजस्वमा मुख्य प्रभाव भएको उनको भनाइ छ । यस्तै लकडाउनले अन्य क्षेत्र पनि पूर्ण प्रभावित भएकाले राजस्वमा निकै गिरावट आएको रिजालले बताए ।

यस कार्यालयअन्तर्गत व्यवसायी पानमा ६५ हजार ८५३, व्यक्तिगत प्यानमा ८३ हजार ८७ र सरकारी कार्यालयको प्यान डब्लु प्यानमा ५४ भन्दाबढी करदाता रहेका छन् । यस कार्यालयले चितवन र नवलपरासीको दाउन्ने सुस्ता पूर्व हेर्दै आएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ७ : ५० बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप