गगन थापाको प्रधानमन्त्रीलाई प्रश्न- उप्रान्त संक्रमितको संख्या गन्ने बाहेक केही नगर्ने हो ? « Khabarhub

गगन थापाको प्रधानमन्त्रीलाई प्रश्न- उप्रान्त संक्रमितको संख्या गन्ने बाहेक केही नगर्ने हो ?


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमितको परीक्षण तथा उपचार विरामी स्वयंमले गर्नु पर्ने सरकारी निर्णयको चौतर्फी आलोचना भएको छ ।

सरकारले विपन्न र अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलगायत बाहेकको परीक्षण र उपचार नगर्ने निर्णय गरेसँगै सरकारको चर्को आलोचना भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयमा स्वास्थ्यकर्मीले पनि कोरोना बीमा गराएको भए बीमाबाटै परीक्षण तथा उपचारको खर्च व्यहोरिने उल्लेख छ।

सरकारको पछिल्लो निर्णयसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् गगन थापाले उक्त निर्णयको आलोचना गरेका छन् ।

संक्रमित भएर आफै होम आइसोलेसनमा रहेका थापाले ट्वीट गर्दै अब उप्रान्त सरकारको काम संक्रमित गन्ने मात्रै हो भनेर प्रश्न गरेका छन् ।

‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय- कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू! यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरू सिधै भनिदिनुस् संक्रमितको संख्या गन्नेबाहेक थप केही गरिन्न,’ थापाले भनेका छन्।

थापाले सरकार स्वयम संक्रमित भएर आइसोलेसनमा रहेको भन्दै व्यंग्य पनि गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले आइतबारदेखि नै लागू हुने गरी आफ्नो उपचार आफैं गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको हो।

नागरिकको उपचार गर्ने दायित्वबाट सरकार पछि हटेको भन्दै नागरिकस्तरबाट पनि आलोचना भइरहेको छ।

सरकारले यसअघि लक्षण देखिएका नागरिकको परीक्षणदेखि उपचारसम्मको व्यवस्था गर्दै आएको थियो।

सर्वोच्च अदालतले समेत संक्रमितको उपचार निशुल्क गर्नू भनेर सरकारलाई आदेश दिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ५७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि