गगन थापाको प्रधानमन्त्रीलाई प्रश्न- उप्रान्त संक्रमितको संख्या गन्ने बाहेक केही नगर्ने हो ? | Khabarhub Khabarhub

गगन थापाको प्रधानमन्त्रीलाई प्रश्न- उप्रान्त संक्रमितको संख्या गन्ने बाहेक केही नगर्ने हो ?


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमितको परीक्षण तथा उपचार विरामी स्वयंमले गर्नु पर्ने सरकारी निर्णयको चौतर्फी आलोचना भएको छ ।

सरकारले विपन्न र अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलगायत बाहेकको परीक्षण र उपचार नगर्ने निर्णय गरेसँगै सरकारको चर्को आलोचना भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयमा स्वास्थ्यकर्मीले पनि कोरोना बीमा गराएको भए बीमाबाटै परीक्षण तथा उपचारको खर्च व्यहोरिने उल्लेख छ।

सरकारको पछिल्लो निर्णयसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् गगन थापाले उक्त निर्णयको आलोचना गरेका छन् ।

संक्रमित भएर आफै होम आइसोलेसनमा रहेका थापाले ट्वीट गर्दै अब उप्रान्त सरकारको काम संक्रमित गन्ने मात्रै हो भनेर प्रश्न गरेका छन् ।

‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय- कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू! यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरू सिधै भनिदिनुस् संक्रमितको संख्या गन्नेबाहेक थप केही गरिन्न,’ थापाले भनेका छन्।

थापाले सरकार स्वयम संक्रमित भएर आइसोलेसनमा रहेको भन्दै व्यंग्य पनि गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले आइतबारदेखि नै लागू हुने गरी आफ्नो उपचार आफैं गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको हो।

नागरिकको उपचार गर्ने दायित्वबाट सरकार पछि हटेको भन्दै नागरिकस्तरबाट पनि आलोचना भइरहेको छ।

सरकारले यसअघि लक्षण देखिएका नागरिकको परीक्षणदेखि उपचारसम्मको व्यवस्था गर्दै आएको थियो।

सर्वोच्च अदालतले समेत संक्रमितको उपचार निशुल्क गर्नू भनेर सरकारलाई आदेश दिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ५७ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले