जापान र भियतनामबीच प्रतिरक्षा सहयोग आदानप्रदान गर्न सहमति « Khabarhub

जापान र भियतनामबीच प्रतिरक्षा सहयोग आदानप्रदान गर्न सहमति


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनोई– जापान र भियतनामबीच रक्षा र सुरक्षा सहयोग बढाउन तथा दुई देशबीच प्रत्यक्ष हवाई उडान पुनः स्थापित गर्न सहमति भएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमणका क्रममा भियतनाम पुगेका जापानका प्रधानमन्त्री योशिहिडे सुगा र आफ्ना भियतनामी समकक्षी प्रधानमन्त्री नुग्वेन जुआन फुकबीच शिखर वार्तामा उक्त सहमति भएको हो ।

दुबै देशका उच्च अधिकारीबीच यस क्षेत्रमा चीनको विस्तारित प्रभावको सामना गर्न रक्षा र सुरक्षा सहयोग बढाउन सहमत भएका थिए ।

सोमबार हनोईमा आयोजित शिखर वार्तापछि भियतनामका लागि आवश्यक रक्षा उपकरण र प्रविधि जापानले निर्यात गर्ने आधारभूत सम्झौतामा हस्ताक्षर समेत भएको छ । जापानले हालका वर्षहरूमा दक्षिणपूर्वी एशियासँग सम्बन्ध बलियो बनाउन र आफ्नो प्रतिरक्षा उद्योगलाई सबल बनाउन यस्ता सम्झौताहरू गरिरहेको छ ।

सुगाले आफ्नो चार दिने भियतनाम भ्रमण र त्यसलगत्तै इन्डोनेसियाको भ्रमणका क्रममा आफूले स्वतन्त्र एवं खुला हिन्द–प्रशान्त महासागरीय बहुपक्षीय आर्थिक तथा सुरक्षा सहयोगका लागि समर्थन जुटाउनेतर्फ केन्द्रित रहने बताए । उनले दक्षिण चीन सागरमा चीनको बढ्दो उपस्थितिका बारेमा पनि समीक्षा हुने उनले स्पष्ट पारे ।

“स्वतन्त्र र खुला हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) प्राप्त गर्ने हाम्रो दृष्टिकोण हासिल गर्न भियतनामको भूमिका निकै महत्वपूर्ण छ,” प्रधानमन्त्री सुगाले भियतनामी प्रधानमन्त्री फूकसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने ।

“जापान, एक इण्डो–प्यासिफिक राष्ट्रको रूपमा, यस क्षेत्रको शान्ति र स्थिरतामा निरन्तर योगदान दिनेछ ।”

प्रधानमन्त्री सुगाले इन्डो–प्यासिफिकको केन्द्रका रुपमा रहेको भियतनाममा आफ्नो पहिलो विदेश भ्रमण गर्न पाएकामा खुशी व्यक्त गरे ।

जापानले यसअघि पनि संयुक्तराज्य अमेरिका, बेलायत र मलेसियालगायत अन्य देशहरूसँग रक्षा उपकरण स्थानान्तरण सम्झौता गरिसकेको छ । भियतनाम १२ औं साझेदार मुलुक हो । जापानले पहिलो रक्षा उपकरण फिलिपिन्सलाई गत अगष्ट महिनामा उपलब्ध गराएको थियो जसमा जापानमा निर्मित राडार निगरानी प्रणाली रहेको थियो ।

भियतनामलाई उपलब्ध गराउने सम्भावित रक्षा उपकरणका बारेमा विस्तृत विवरण भने उल्लेख गरिएको छैन, तर प्रधानमन्त्री सुगाले सम्झौतालाई द्विपक्षीय रक्षा सहयोगका लागि “एक प्रमुख कदम” भनेका छन् ।

जापानले सन् २०१४ मा सैन्य उपकरण र प्रविधि हस्तान्तरणमा आंशिक रूपमा प्रतिबन्ध हटाएको थियो । पूर्व प्रधानमन्त्री शिन्जो आबेले जापानको रक्षा क्षमता बढाउने प्रयास स्वरुप जापानी रक्षा सामान विदेश निर्यातमा रहेका प्रतिबन्धहरु हटाएको थियो ।

सुगा र फुकले अन्य आर्थिक क्षेत्र र आतंकवाद विरोधी उपायहरुमा परस्पर सहयोग गर्न अन्य सम्झौताहरुमा हस्ताक्षर गरेका थिए ।

कोरोनाभाइरसका कारण दुबै देशबीच अबरुद्ध उडान र यात्रालाई खुकुलो बनाउन पनि सहमति भएको छ । छोटो अवधिको व्यावसायिक भ्रमणलाई अनुमति दिन तथा भियतनाम र जापानबीच उडान पुनः खोल्न पनि सहमति भएको छ ।

सुगाले कोरोनाभाइरसबाट प्रभावित जापानमा कार्यरत भियतनामी कामदारहरूलाई सहयोग पुर्‍याउन जापानले आवश्यक सहयोग गर्ने पनि बताए । हालैका वर्षहरुमा जापान आएका विदेशी कामदारमध्ये आधाभन्दा बढी भियतनामी छन् ।

भियतनामको एक प्रमुख व्यापारिक साझेदार मुलुक जापान हो जुन यस वर्ष झण्डै २९ अर्ब डलरको छ । भियतनामको सबैभन्दा ठूलो विदेशी सहयोगी दातृ मुलुक जापान रहेको छ । सन् २०१९ सम्ममा जापानले २३ अर्ब डलर अनुदान र ऋण भियतनामलाई उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ३ : ४५ बजे

अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब