पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ : मन्त्री भट्टराई « Khabarhub

पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ : मन्त्री भट्टराई


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन्।

राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उनले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रुपमा रहेका बताए । उनले पर्यटकलाई कुनै आपतविपत् परे सरकारले जुनसुकै बेला पनि उद्धार गर्ने उल्लेख गरे ।

“दश वर्ष जनयुद्धका बेलामा पनि कुनै पर्यटकलाई केही भएन, त्यसले पनि नेपाल पर्यटकका लागि सुरक्षित भन्ने देखाउँछ”, उनले भने, “नेपाल भ्रमण वर्षमा पनि कोही पर्यटक सशंकित हुनुपर्दैन ।”

उनले पर्यटकलाई आपतविपतमा चाँडो सुरक्षा गर्न व्यवस्था मिलाइएको जानकारी गराए । उनले अन्नपूर्ण पदमार्गमा करीब दुई सय पर्यटकलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको जानकारी दिए ।

उनले नेपाल भ्रमण वर्षलाई केहीले असफल बनाउने प्रयास गरेको उल्लेख गर्दै भौतिक पूर्वाधारको काम गुणात्मक रुपले अगाडि बढेको बताए ।

उनले भ्रमण वर्षले सबै लक्ष्य पूरा गर्न नसक्ने भन्दै भ्रमण वर्षलाई आधार वर्षका रूपमा मानेर एक दशक नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारी रहेको धारणा राखे । उनले पुस्तकमा समावेश फोटाले नेपाल चिनाएको उल्लेख गर्दै पुस्तकले पर्यटकलाई नेपाल चिन्न सहयोग मिल्ने बताए ।

“पुस्तकमा नेपालको हिमाल, पहाड, तराईदेखि सबै जातजाति भाषा संस्कृति झल्काउने फोटो रहेका छन्”, उहाँले भन्नुभयो, “पुस्तकमा रहेका फोटा हेरेर पर्यटकले घुम्ने ठाउँको छनोट गर्नेछन् ।”

मन्त्री भट्टराईले पुस्तकलाई नेपालमा मात्र नभएर विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि पु¥याउनुपर्नेमा जोड दिँदै भ्रमण वर्ष सफल बनाउने पुस्तकको भूमिकासमेत रहने बताए ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष–२०२० सचिवालयका सदस्य– सचिव बच्चुनारायण श्रेष्ठले पुस्तकमा नेपालका सबै भाषा, धर्म, संस्कृति, पर्यटन गन्तव्य उल्लेख गरिएकाले पर्यटकलाई नेपाल बुझ्न सजिलो हुने बताए । उनले पुस्तकले भ्रमण वर्षको प्रचारप्रसारमा समेत सहयोगी भूमिका खेल्ने जानकारी गराए ।

समूहका अध्यक्ष राजेन्द्र चित्रकारले सरकारले घोषणा गरेको भ्रमण वर्षको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले फोटो पुस्तक निकालिएको बताए ।

कार्यक्रममा मन्त्री भट्टराईले सांस्कृतिक तथा पर्यटन फोटो प्रतियोगितामा उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कार प्रदान गरेका थिए ।  प्रतियोगितमा कान्तिपुर दैनिकका कपिलवस्तुका फोटो पत्रकार मनोज पौडेलले प्रथम स्थान हासिल  गरी रु २५ हजार राशिको पुस्कार प्राप्त गरे ।

यसैगरी मुगुका कविराज कार्की द्वितीय भई नगद रु २० हजार र सुनिल शर्माले तृतीय भई नगद रु १५ हजारसहित पुरस्कार प्राप्त गरे ।

प्रदेश नं– १ बाट भवानी शिलाकार, प्रदेश नं २ बाट सुशील श्रेष्ठ, बागमती प्रदेशबाट आर्यन धिमाल, गण्डकी प्रदेशबाट राधिका कँडेल, प्रदेश नं ५ बाट अमरराज पुन, कर्णाली प्रदेशबाट हिक्मतबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशबाट विनोदसिंह विष्टले प्रदेशस्तरीय उत्कृष्ट फोटो पुरस्कार पाएका छन् । उनीहरु सबैले रु १० हजारसहितको पुरस्कार प्राप्त गरेका हुन् ।

समूहका महासचिव प्रदीपकुमार वन्तका अनुसार पुस्तकमा समूहका सदस्यले नेपालको संस्कृति, कला, पर्यटन झल्कने खालका विभिन्न समयमा खिचेका फोटो करीब १ सय ९० रहेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ५ : ३६ बजे

सांसदहरुलाई रविले भने- सरकार बनेको बेलुकाबाट ढाल्न लाग्छन् सचेत हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित