बाँस्कोटासँगै काठमाडौं उत्रिएका गायक खरेलले भने– उहाँ ‘कुल’ हुनुहुन्थ्यो, हाँसिरहनु भएको थियो « Khabarhub

बाँस्कोटासँगै काठमाडौं उत्रिएका गायक खरेलले भने– उहाँ ‘कुल’ हुनुहुन्थ्यो, हाँसिरहनु भएको थियो


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रमोद खरेल डोटीको दिपायलमा भएको प्रादेशिक महोत्सवमा सहभागी भएर आज(विहीवार) काठमाडौं फर्कंदै थिए ।

उनी काठमाडौं आउनका लागि धनगढी विमानस्थल पुगे ।

विमानस्थलमा उडानको प्रतिक्षामा रहेका खरेलले विमानले उडान भर्नु भन्दा केही बेर अघि मात्र विमानस्थलमा प्रवेश गरेका सञ्चार तथा सूचना मन्त्री (निवर्तमान) गोकुल बाँस्कोटालाई देखे ।

सामाजिक सञ्जालमा सक्रिय रहने खरेलले मन्त्री बाँस्कोटालाई केही बेर नियाले ।

मन्त्री आएपछि नियाल्नु स्वभाविकै थियो ।

तर बाँस्कोटामाथि खरेलको आज (बिहीबार)को ‘नजर’ भने फरक थियो । कारण बुधवार रातिदेखिनै मिडिया र सामाजिक सञ्जालमा भाइरल बनेको मन्त्री बाँस्कोटाले ७० करोड कमिसन माग गरेको काण्ड ।

गायक खरेल र मन्त्री बाँस्कोटा एउटै विमानमा काठमाडौं आए । ‘हामी एउटै विमानमा काठमाडौं आएका हौं’ खरेलले खबरहबसँगको कुराकानीमा भने ।

धनगढी विमानस्थलमा खरेलले मन्त्री गोकुल बाँस्कोटालाई देख्दा उनी ‘कुल’ थिए । उनको भावमा कुनै दबाव थिएन । अरु बेलाजस्तै सामान्य अवस्था र हँसिलो मुद्रामा थिए मन्त्री बाँस्कोटा । ‘हामीभन्दा केही ढिला विमानस्थल आउनुभएको थियो, म आफ्नै हिसाबले अलि पहिले नै पुगिसकेको थिएँ,’ प्रमोदले भने ।

मन्त्री बाँस्कोटाको अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको थियो भने उनलाई बर्खास्त गर्न प्रमुख प्रतिपक्षी दललेसमेत माग गरिसकेको थियो । त्यसका कारण बाँस्कोटाको अनुहारमा तनावको अवस्था देखियो होला भन्ने प्रश्नमा गायक खरेलले भने, ‘उहाँमा नेचुरल भाव नै थियो, हाँसीरहनु भएको थियो त्यस्तो फरक केही पाइएन ।’

बाँस्कोटा र प्रमोद त्रिभुवन विमानस्थलमा विमानबाट पनि एकसाथ बाहिरिए । प्रमोद साधारण व्यक्ति आउने बाटोबाट बाहिरिए भने बाँस्कोटा भीआईपी मार्ग तिर छिरे । ‘म अझै घर पुगेको छैन, बसमा छु, उहाँ त पुगेर पनि राजीनामा दिन भ्याउनुभएछ,’ यो खबर तयार पार्दाको क्रममा भएको टेलिफोनवार्तामा खरेलले हाँस्दै सुनाए ।

मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेका छन् । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बाँस्कोटाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ४ : ५२ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले