मलेसियामा ‘लकडाउन’को समयमा श्रमिकको तलब काट्न नपाइने « Khabarhub

मलेसियामा ‘लकडाउन’को समयमा श्रमिकको तलब काट्न नपाइने


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण फैलिन नदिन मलेसियामा १४ दिने लकडाउन गरिएको छ ।

उक्त समयमा काम रोकिएपनि श्रमिकलाई तलव दिइनु पर्ने मलेसियाका मानव संशाधन मन्त्री एम सरभाननले बताएका छन् । उनले मार्च ३१ सम्ममा लागि लगाइएको ‘लकडाउन’को समयको पनि तलव श्रमिकलाई भुक्तानी गरिनुपर्ने बताए ।

मलेसियाको अनलाइन मलेसियाकिनीका अनुसार मन्त्री सरभाननाले आवतजावतलाई नियन्त्रण गर्नेगरी लगाइएको ‘लकडाउन’को समयावधिको पनि तलव तथा सुविधा भनें रोजगारदाताले उपलव्ध गराउनु पर्ने बताएका हुन् ।

यसैगरी ‘लकडाउन’को समयमा कुनै पनि श्रमिकलाई रोजगारदाताले बार्षिक छुट्टी वापतको विदा लिन बाध्य पार्न पाउने छैनन् । बेतलवी विदा लिन पनि श्रमिकलाई बाध्य पार्न पाइने छैन ।

१४ दिनको ‘लकडाउन’ भएसँगै मलेसियाका प्रायः सवै शहरहरु सुनसान छन् । सडकमा फाट्ट फुट्ट मान्छे हिंडेका छन् ।

‘लकडाउन’ उल्लंघन गर्नेहरुलाई कडा कारवाही गरिने चेतावनी सरकारी अधिकारीहरुले दिएका छन् ।

नियम उल्लंघन गरेको पाइएमा १ हजार रिंगिट जरिवाना तथा ६ महिनासम्म जेल सजाय हुने चेतावनी सरकारले दिएको छ । कुनै कम्पनीले नियम उल्लंघन गरेमा पनि कडा कारवाही हुने स्वास्थ्य मन्त्रीले चेतावनी दिएको स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशित छ ।

मलेसियामा कोरोना संक्रमणको ९ सय केस देखिएका छन् जसमध्ये २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : २२ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द