आपूर्ति व्यवस्था सहज बनाउने विषयमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच फोन वार्ता « Khabarhub

आपूर्ति व्यवस्था सहज बनाउने विषयमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच फोन वार्ता


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय परराष्ट्रमन्त्री एस. जयशंकरबीच टेलिफोन वार्ता भएको छ।

दुई मन्त्रीबीच खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको सहज आयात–निर्यातमा सहज बनाउने विषयमा फोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सीमानाकामा आवात–जावत गर्नेहरूको स्वास्थ्य जाँचमा कडाई गर्ने विषयमा पनि कुराकानी भएको जनाइएको छ।

नेपाल सरकारले खाद्यान्नको अभाव नरहेको र आपूर्ति व्यवस्थामा कुनै समस्या नहुने बताउँदै आइरहेको छ।

विश्वव्यापी महामारी कोभिड–१९को जोखिम कम गर्न र नियन्त्रणका लागि दुई देशबीच मिलेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै