प्रधानमन्त्रीको घोषणा कार्यान्वयन गर्न मुख्य सचिव संयोजकत्वको कार्यदललाई निर्देशन « Khabarhub

प्रधानमन्त्रीको घोषणा कार्यान्वयन गर्न मुख्य सचिव संयोजकत्वको कार्यदललाई निर्देशन


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा घोषणा गरेका काम कार्यान्वयन गर्न मुख्य सचिवको संयोजकत्वमा रहेको कार्यदललाई निर्देशन दिइएको छ ।

शुक्रबार बसेको कोभिड—१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले प्रधानमन्त्री ओलीले घोषणा गरेका काम कार्यान्वयन गर्न मुख्य सचिव लोकदर्शन रेग्मी संयोजक रहेको कार्यदललाई निर्देशन दिएको हो ।

अर्थ र सञ्चार तथ सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्रीले सम्बोधनमा घोषणा गरेका विषयका बारेमा बैठकमा स्पष्ट पारिएको भन्दै त्यसलाई प्रभावकारी कार्यान्वयन गरिने बताए ।

मन्त्री खतिवडाले १० गतेबाट लामो दूरीका यातायात सेवा बन्द हुने भनेपनि आपूर्तिसँग सम्बन्धित कुनै पनि सेवा अवरुद्ध नहुने बताए ।

अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकरी निर्णयपछि विभिन्न देशका विमानस्थलमा अलपत्र रहेका नागरिकहरुलाई सम्बन्धित देशमा रहेका नेपाली दुतावास मार्फत १४ दिन क्वारेन्टाइनमा राख्ने विषयमा पनि बैठकमा छलफल भएको पनि उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ९ : ३२ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम