लद्दाख भिडन्त : भारतीय सैनिक नियन्त्रणमुक्त गरिएको खबरमा चीनको खण्डन | Khabarhub Khabarhub

लद्दाख भिडन्त : भारतीय सैनिक नियन्त्रणमुक्त गरिएको खबरमा चीनको खण्डन


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लद्दाखको गलवान क्षेत्रमा भएको भिडन्तपछि नियन्त्रणमा लिइएका १० जना भारतीय सैनिकलाई छाडेको भन्ने खबरको चीनले खण्डन गरेको छ ।

उक्त समाचारप्रति खण्डन गर्दै चीनले कोही पनि भारतीय सैनिकलाई नियन्त्रणमा नै नलिएको प्रष्ट पारेको छ ।

भारतीय सैनिक स्रोतलाई उधृत गर्दै बिहीबार राती भारतीय दैनिक द हिन्दु लगायतका भारतीय सञ्चार माध्यमहरूले सैन्य वार्तापछि चीनले नियन्त्रणमा एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजरसहित १० जना भारतीय सैनिकलाई छोडेको बताएका थिए।

तर शुक्रबार बेइजिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकलाई कब्जामा नै नलिएको बताएका छन् ।

‘चीनले कुनै भारतीय सैनिकलाई कब्जामा लिएको छैन’, प्रवक्ता झाओ लिजिआनले भने, ‘भिडन्तको जिम्मेवार सम्पूर्ण रूपमा भारतीय पक्ष छ।’

चीन र भारतबीच सोमबार (जुन १५ मा) भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १० : ०३ बजे

प्रधानमन्त्री कप क्रिकेटः हुस्सुका कारण आजको खेल रद्द

धनगढी – बाक्लो हुस्सुका कारण यहाँ जारी प्रधानमन्त्री कप टी–२०

एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी

स्ववियु कप भलिबल सुरु, विजेतालाई डेढ लाख

काठमाडौं- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले राजधानी काठमाडौं भलिबल प्रतियोगिता

रास्वपाले कहिले चुन्ला संसदीय दलको नेता ?

काठमाडौं– सहकारी ठगी आरोपमा पक्राउ परेका सभापति रवि लामिछानेलाई सम्पत्ति