कुवेतबाट फर्किएका १०३ मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कुवेतबाट फर्किएका १०३ मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुवेतबाट नेपाल फर्किएका १ सय ३ जनामध्ये ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कुवेतबाट नेपाल फर्किएका १ सय ३ जना मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रवक्ता पाण्डेका अनुसार कुवेतबाट विहीबार नेपाल फर्किएका सबैलाई भक्तपुरको नेपाल विद्युत प्राधिकरणका तालिम केन्द्रमा राखिएको थियो ।

जसमध्ये एक जनालाई दुईदिन अघि नै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकोमा स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ ।

यस्तै अन्य १ सय २ जनाको आज आएको पीसीआर परीक्षणको नतिजामा ८ जनामा पोजेटिभ देखिएको हो  ।

उनीहरुमध्ये मोरङको रतुवामाई–८ की ४२ वर्षकी महिला, मोङकै पार्थी– १० की ४१ वर्षकी महिला, कास्की धान्द्रुककी २३ वर्षकी महिला, नवलपरासीको देवचुलीकी २९ वर्षकी महिला, झापा हल्दिबारीकी ३७ वर्षकी महिला, नवलपरासी कावासोती–४ की ३३ वर्षकी महिला, सुर्खेत छिन्चु– ५ की २८ वर्षकी महिला र बाराकी २८ वर्षकी महिला रहेका छन् ।

यस्तै यसअघि नै अस्पतालमा भर्ना भएकी एक जना महिला नवलपरासीकी रहेको उनले बताए ।

उनलाई टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ भने आज संक्रमण पुष्टि भएका ८ जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

कुवेतबाट नेपाल आएका १०३ मध्ये ९४ जनाको भने पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता पाण्डेले खबरहबलाई जानकारी दिए ।

यस्तै पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएकालाई भने सम्भव हुनेहरुलाई होम क्वारेन्टाइनमा पठाउने तयारी भएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : ४४ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि