सरिता गिरीलाई कारबाहीको माग राख्दै प्रसाईले दिए जाहेरी « Khabarhub

सरिता गिरीलाई कारबाहीको माग राख्दै प्रसाईले दिए जाहेरी


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको राष्ट्रियता र स्वाधिनताविरुद्ध अभिव्यक्ति दिने सांसद सरिता गिरीलाई कानून बमोजिम कारबाहीको  माग राख्दै रमेश प्रसाईंले प्रहरीमा जाहेरी दिएका छन् ।

महानगरीय प्रहरी परिसर, टेकुमा जाहेरी दर्ता गराएको उनले बताएका हुन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रसाईले सांसद गिरीमाथि कारबाहीको माग राख्दै जाहेरी दर्ता गराएको बताएका हुन् ।

रमेश प्रसाईले मात्रै दर्ता गराएको जाहेरी वा मुद्दा नभएर नेपालका सम्पूर्ण राष्ट्रभक्त नेपालीहरुले दर्ता गराएको मुद्दा भएको समेत उनले तर्क गरे ।

उनले सांसद गिरीलाई कानून बमोजिम दण्डित गरिनुपर्ने बताएका छन् । आफूहरुले दिएको जाहेरीउपर सही सुनुवाई नभए १५ दिनपछि जाहेरी लिएर अदालत जाने समेत बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले लकडाउनमा निकै दुःख कष्ट व्यहोर्दै काठमाडौं आइपुगेको समेत बताए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : ०३ बजे

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले