राप्ती नदीको बाढीले खतराको बिन्दु नाघ्यो, सुरक्षा सतर्कता अपनाउन आग्रह « Khabarhub

राप्ती नदीको बाढीले खतराको बिन्दु नाघ्यो, सुरक्षा सतर्कता अपनाउन आग्रह


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- शुक्रबार रातिदेखि परेको लगातारको वर्षाले शनिबार राप्ती नदीमा पानीको सतह खतराको बिन्दुभन्दा माथि पुगेको छ ।

दाङ, रोल्पा, प्युठान र बाँकेमा भैरहेको वर्षाले राप्ती नदीमा पानीको सतहले ‘खतराको बिन्दु’ पार गरेको हो ।

राप्ती नदीमा पानीको सतह ५.४० मिटर भन्दा बढी पुगेपछि खतराको निशान पार गरेको मानिन्छ ।

शनिवार बेलुका ६.४५ बजे नदीको सतहले ५.७४ मिटर पार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगले जानकारी दिए ।

उनले साँझ पौने सात बजेतिर नदीको सतहले ५.७४ मिटर पार गरेकोले सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरे ।

राप्तीमा पानीको सतह बढेपछि खतराको साइरन बजाइएको छ । साइरन बजेपछि डुबानको जोखिम रहेका क्षेत्रका मानिसहरु सुरक्षित स्थानमा जान थालेको उनले बताए ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत गौरी बुढाथोकीले नदीको सतहले खतराको विन्दु पार गरिसकेकाले बाढी पस्ने संभावित क्षेत्रहरुमा साइरन बजाइएको जानकारी दिए ।

उनका अनुसार राप्तीसोनारी गाउँपालिकाका १ देखि ७ सम्मका वडाहरु, डुडवाका १ देखि ३ र नरैनापुरका ५ र ६ नम्बर वडा अत्याधिक जोखिममा रहेका छन् ।

भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधका ढोकाहरु समयमा खोलिदिँदा डुवानको जोखिम कम हुने उनले बताए ।  तर, बाँधको ढोकाहरु खोल्दा आफ्नो देशमा डुवान हुने भएकाले भारतले ढोका नखोल्ने गरेको बताए ।

जिल्ला आपतकालीन कक्षले उद्धार सामाग्रीसहित उद्धार टोलीलाई राप्तीसोनारी, डुडुवा र नरैनापुरमा सतर्क अवस्थामा राखेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : ३८ बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।