मुसलधारे वर्षाका कारण कोइलाडीका ३ सय घर डुबानमा « Khabarhub

मुसलधारे वर्षाका कारण कोइलाडीका ३ सय घर डुबानमा


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज – दुई दिनदेखि लगातार परेको मुसलधारे वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा वडा डुबानमा परेका छन् ।

जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ स्थित बेलही, वडा नं. ४ र ५ मा रहेको बनरझुला गाउँ पूर्णरुपमा डुबान भएको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।

खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १, बेल्हीका १०० घर, वडा नम्बर ४ र ५ कोइलाडी र बरझुलाका करिब २०० घरमा पानी पसेको छ ।

त्यस्तै खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुरास्थित खाँडो नदीको पूर्वी तटबन्धको स्परमा कटानसमेत शुरु भएको छ । सो ठाउँमा ५० मिटरभन्दा बढी नदीको स्पर कटान गरेको जनाइएको छ ।

यसैबीच वडा नं. ३ सकरपुरास्थित खाँडो नदीको पूर्वीतटबन्धका स्परमा कटान भएका ठाउँमा अहिले बाँसको पाइलिङ र बोरामा बालुवा हालेर नियन्त्रण गर्ने काम शुरु गरिएको छ । सो ठाउँमा बाँसको पाइलिङ र बोरामा बालुवा हालेर नियन्त्रणको काम तीव्रगतिमा भइरहेको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।

खाँडोको बाढीले बनरझुला, कोइलाडीका तीन र चार स्थानमा सडकमा समेत क्षति पुर्‍याएको सो गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए । त्यस्तै सप्तकोशीको बाढीबाट जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सप्तकोही नदीको पूर्वी तटबन्ध छेउमा बसोबास गर्दै आएका करिब ५० घर परिवार डुबानमा परेको छ ।

यसैगरी राजविराज नगरपालिका वडा नम्बर २, ५ र ६ का बस्तीमा वर्षाको पानी पसेपछि जलमग्न भएको छ । जिल्लाको बलान, खडक, महुली, जिता र खाँडो नदीलगायत आधा दर्जन नदीमा बाढीको उच्च चाप रहेको छ । नदी आसपासका बस्तीमा पानीसमेत पसेको जनाइएको छ ।

कोशी नदीमा पानीको बहाब बढेसँगै कोशी आसपासका सप्तकोशी र कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिकाका स्थानीय ठाउँहरु पनि डुबानमा पर्ने खतरा उत्तिकै बढेको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरभित्रै पनि पानीको उचित निकास नभएकाले घरमा पानी पसेको स्थानीयवासीले जनाएको छ । हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको इलाका प्रहरी कार्यालय भारदह पनि डुबानमा परेका छन् ।

यता यसअघि नै जिल्लाको टापु भनेर चिनिने हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबगाढा बस्तीमा सप्तकोशी नदीको बाढी पस्दा ७५ परिवार विस्थापित भएका थिए । लगातार वर्षाले सयौँ बिगाहा धानबालीसमेत डुबानमा परेको छ । जिल्लाको सकरपुरा, रम्पुरा मलहनिया, तिलाठी, हनुमाननगरलगायतका ग्रामीण भेकमा किसानले रापेको धानबाली डुबानमा परेको किसानहरुले गुनासो गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ५ : ५० बजे

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय

बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार

गलकोट– यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना