कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणको कार्यकारी निर्देशक बन्न आकांक्षीको दौडधुप « Khabarhub

कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणको कार्यकारी निर्देशक बन्न आकांक्षीको दौडधुप


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिनै लाग्दा नेतृत्वका आकांक्षीहरुको दौडधुप र लविङ बढेको छ ।

प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले २०७३ सालको भदौ २९ गते  प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ ।

चार वर्षको यो अवधिमा घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्दै घाटामा गएको प्राधिकरणलाई नाफामा पुर्‍याएपछि उनैलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनपर्ने जनदबाब छ ।

तर, उनको कार्यकाल सकिनै लाग्दा प्राधिकरणको नेतृत्वका लागि एक दर्जनभन्दा बढीले आकांक्षा देखाएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सीइओ सुशील ज्ञवालीदेखि विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले, शेरसिंह भाट, नविन सिंह लगायतले प्राधिकारणको नेतृत्वका लागि आकांक्षा देखाएको स्रोतले बताएको छ ।

यसअतिरिक्त नेकपामा आवद्ध कतिपय परियोजनाका कर्मचारीहरूले पनि प्राधिकरणको नेतृत्वमा आकांक्षा राख्दै उर्जामन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओली तथा उनी निकटका नेताहरूसँग भेटघाट बाक्लो पारेको बताइएको छ ।

घिसिङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले काठमाडौँका मुख्य क्षेत्रमा विद्युतको तारलाई भूमिगत गराउँदै छ भने रुग्ण आयोजनाको निर्माण सम्पन्न भएको तथा विद्युत चुहावट घटाएर प्राधिकरणको सुधार गरेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ८ : ४५ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता