जसपाले गर्‍यो दशैँभत्ता खारेजीको माग | Khabarhub Khabarhub

जसपाले गर्‍यो दशैँभत्ता खारेजीको माग


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) ले सांसदलाई चाडवाडको नाममा दिइने भत्ता खारेज गर्न माग गरेको छ ।

जसपा केन्द्रीय कार्यकारीणी समितिको सोमवार बसेको बैठकले दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेको सो दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिए ।

नेकपा र नेपाली कांग्रेसले संस्थागत निर्णय गरेरै दशैँ भत्ताको रकम कोभिड उपचार कोषमा राख्ने निर्णय गरिसकेका छन् ।

अरगरियाका अनुसार पार्टीले निर्णय गरिसकेपछि अब कसरी फिर्ता गर्ने भन्ने छलफल भइरहेको छ ।

जसपाका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा सन्देश लेख्दै सरकारी कोषबाट दिइने दशैँभत्ता खारेजीको माग गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ३ : ०३ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी