नेकपा कर्णाली प्रदेश विवाद : बालुवाटार र खुमलटारले निकाले छुट्टाछुट्टै विज्ञप्ति | Khabarhub Khabarhub

नेकपा कर्णाली प्रदेश विवाद : बालुवाटार र खुमलटारले निकाले छुट्टाछुट्टै विज्ञप्ति


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कमिटी विवाद सुल्झाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै विवाद देखिएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ बीच मंगलबार चार बुँदे सहमति भएको विज्ञप्ति बालुवाटारबाट सार्वजनिक भएपछि खुमलटारबाट भने अर्कै विज्ञप्ति सार्वजनिक गरेको हो ।

बालुवाटारमा चार बुँदे सहमति भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति सार्वजनिक गरे लगत्तै प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले विज्ञप्ति सार्वजनिक गर्दै सहमति नभएको जनाएका छन् ।

जुगलले प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको तर उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी मात्र भएको दाबी गरेका छन्।

सल्लाहकार थापाले प्रधानमन्त्री ओली र प्रचण्डबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने, कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा मुख्यमन्त्री शाहीले नियुक्त गरेकी सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय हुने दाबी गरिएको छ।

बालुवाटारको विज्ञप्ति

प्रेस नाेट

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” बीच आज बिहानको भेटघाटमा भएकाे सहमति निम्नानुसार रहेकाे जानकारी गराउन चाहन्छु :

१) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।

२) प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीकाे निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।

३) मुख्यमन्त्रीविरूद्द दर्ता भएकाे अविश्वास प्रस्ताव फिर्ता लिने र

४) अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

यस बारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकाेजस्ताे गरी छलफल र सहमति नभएकाे सबैकाे जानकारीका लागि अनुराेध गर्दछु ।

सूर्य थापा

प्रेस सल्लाहकार

४ कात्तिक २०७७

यस्तो छ खुमलटारको विज्ञप्ति

प्रेस नोट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।

उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।

बिष्णुप्रसाद सापकोटा ‘जुगल’

प्रेस संयोजक

अध्यक्ष प्रचण्डका निजी सचिवालय

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ६ : ४४ बजे

माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन

काठमाडौं – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका

अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन

बेइजिङ– टिकटकले अमेरिकामा सेवा बन्द गरेको केही घण्टापछि आइतबार संयुक्त

‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’

काठमाडौं – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन

चिकित्सकको बलात्कारपछि हत्या : दोषी ठहर रोयलाई आजीवन कारावास

कलकत्ता– एक भारतीय चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा दोषी ठहर

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक, संसद् अधिवेशन बोलाउन सक्ने 

काठमाडौं– अहिले मन्त्रीपरिषद् बैठक बसिरहेको छ  ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा