नेपाल-चीनबीच भएको सम्झौता कार्यान्वयनको समय आएको छ : प्रधानमन्त्री ओली « Khabarhub

नेपाल-चीनबीच भएको सम्झौता कार्यान्वयनको समय आएको छ : प्रधानमन्त्री ओली


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सीमापार रेलवे सञ्चालन र पूर्वाधार विकाससहित सम्पर्क सञ्जालका परियोजनामा नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन् ।

हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको भर्चुअल रुपमा आज आयोजित पहिलो बैठकको सफलताको कामना गर्दै प्रधानमन्त्री ओलीले दुई देशका जनताको आपसी लाभका लागि बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको स्मरण गरे ।

बैठकमा प्रधानमन्त्रीको उक्त लिखित सन्देश राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्ला वर्ष चीनका राष्ट्रपति सी चिनफिङको नेपाल र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणले आपसी सम्बन्धलाई रणनीतिक साझेदारमा रुपान्तरण गर्न योगदान गरेको बताउँदै परस्पर सम्मान, विश्वास र सहकार्यमा दुई देश र यहाँका पार्टीबीचको सम्बन्धी रहिआएकाले आगामी दिनमा अझ विस्तार हुने जनाए ।

उनले आफ्नो नेतृत्वको वर्तमान नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सरकार स्थायित्व र विकासका साथै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई व्यवहारमा सार्थक तुल्याउन लागिपरेको पनि उल्लेख गरे ।

“शान्तिपूर्ण सहअस्तित्वलगायत पञ्चशीलका सिद्धान्तका आधारमा नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ ।चीनले पनि नेपालको सार्वभौमसत्ता र सार्वभौमिकतामा सदैव सम्मान गरेको छ ”, प्रधानमन्त्री ओलीले भने, “चीनले अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति लिनाले चीन नेपालको विश्वासिलो र भरपर्दाे साझेदार बनेको छ ।”

सम्मेलनमा राष्ट्रपति भण्डारीले पठाएको सन्देश पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत, जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई तथा चीनका तर्फबाट उच्चस्तरीय प्रतिनिधिले सम्बोधन गरी दुई देशबीचको सम्बन्ध र साझेदारीलाई थप प्रभावकारी बनाउन साझा मत व्यक्त गरिएको थियो । -रासस

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ६ : ५३ बजे

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१