नेपालमा पाँचौं कोरोना संक्रमित उपचार पछि निको « Khabarhub

नेपालमा पाँचौं कोरोना संक्रमित उपचार पछि निको


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदुरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत अर्का एकजना कोरोना संक्रमित निको भएका छन् । सेती प्रादेशिक अस्पतालका अनुसार अस्पतालमा उपचारत ३४ वर्षीया अर्का एक पुरुषलाई कोरोना निको भएको हो ।

अस्पतालले आज एक विज्ञप्ती निकाल्दै कैलालीको धनगडी उपमहानगरपालीका ५ निवासी ३४ वर्षीय पुरुष कोरोनामुक्त भएका जानकारी दिएको हो ।

कोरोना निको भएपछि अस्पतालले उनलाई मंगलबार नै डिस्चार्ज गरिदिएको छ । सेती प्रादेशिक अस्पतालमा यसअघि बैशाख ७ गते २१ वर्षीया पुरुषमा कोरोना संक्रमण निको भइ घर फर्किसकेका छन् ।

सेती प्रादेशिक अस्पतालमा हाल ३ जना कोरोना संक्रमित भने उपचारत अवस्थामा छन् । सेती प्रादेशिक अस्पतालमा निको भएका दोस्रो कोरोना संक्रमितसँगै नेपालमा कोरोना रोग जित्ने व्यक्तिको संख्या ५ पुगेको छ ।

हाल नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३२ पुगेकोमा अब २७ जना मात्रै विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ०७ बजे

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको