२४ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक « Khabarhub

२४ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले २४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले असार ८ गते सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

केन्द्रीय बैंकले यसअघि जारी गरेर मिति समाप्त भएको ९ अर्ब ३ करोड रुपैयाँको ट्रेजरी बिलहरुको नवीकरण गर्न लागेको हो भने १५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

बैंकले बिक्री गर्न लागेको २८ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल साउन ६ गते परिपक्व हुने छ भने ९१ दिन अवधिको १४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रजरी बिल २०७७ असोज ६ गते परिपक्व हुनेछ। त्यसैगरी, १८२ दिन अवधिको ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल २०७७ पुस ७ गते परिपक्व हुनेछ।

बोलकबोलमार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणालीमार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। असार ९ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। राष्ट्र बैंकले यसअघि असार १ गते पनि ९१ दिन अवधिको ४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : ५० बजे

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग