आज ८३८ संक्रमित थपिए, २५० डिस्चार्ज (विवरणसहित) « Khabarhub

आज ८३८ संक्रमित थपिए, २५० डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुग्यो


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ८३८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत नेपालमा थप ८३८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार शुक्रबार थपिएका संक्रमित मध्ये १९२ महिला र ५४६ जना पुरुष रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका ४ जना, उदयपुरका २ जना, झापाका ७ जना, ताप्लेजुङका एकजना, पाँचथरका एकजना, मोरङका ४५ जना र सुनसरीका २९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३ जना, पर्साका ८० जना, बाराका ४० जना, रौतहटका ११ जना, सप्तरीका ५ जना, सर्लाहीका २४ जना र सिराहाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १४२ जना, चितवनका २३ जना, दोलखाका एकजना, धादिङका एकजना, नुवाकोटका २ जना, भक्तपुरका १५ जना, मकवानपुरका ३२ जना, रसुवाका एजकना, ललितपुरका २५ जना र सिन्धुलीका ८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका एकजना, नवलपरासी पूर्वका १९, पर्वतका एकजना, मनाङका २ जना, बाग्लुङका ३ जना, स्याङ्जाका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाचीका एकजना, कपिलवस्तुका २ जना, गुल्मीका एकजना, दाङका ४ जना, पाल्पाका एकजना, प्युठानका ६ जना, बर्दियाका ६ जना, बाँकेका २० जना, रुपन्देहीका १७ जना र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका एकजना, जुम्लाका ५३ जना, दैलेखका एकजना,रुकुमपश्चिमका ३ जना रहेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ३८ जना, कंचनपुरका १४ जना, कैलालीका ८५ जना, डडेल्धुरका २ जना, डोटीका ३४ र बैतडीका ३ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा थप २५०  जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २५०  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार २१४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ९६४ थियो ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३७  पुगेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ४ : ४४ बजे

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

अछाम– कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद

गृहमन्त्री सुधनबारे रवि-बालेन गम्भीर, स्पष्टीकरण चित्त नबुझे हटाउने तयारी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि पार्टी सभापति

गृहमन्त्रीको संकट गरिहिँदा बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गृहमन्त्री सुधन गुरूङ विवादमा परेसँगै प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को

हर्कले भने : गृहमन्त्री धेरै विवादमा परे, राजीनामा दिनु नै उचित हुन्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक