आज ८३८ संक्रमित थपिए, २५० डिस्चार्ज (विवरणसहित) « Khabarhub

आज ८३८ संक्रमित थपिए, २५० डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुग्यो


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ८३८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत नेपालमा थप ८३८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार शुक्रबार थपिएका संक्रमित मध्ये १९२ महिला र ५४६ जना पुरुष रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका ४ जना, उदयपुरका २ जना, झापाका ७ जना, ताप्लेजुङका एकजना, पाँचथरका एकजना, मोरङका ४५ जना र सुनसरीका २९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३ जना, पर्साका ८० जना, बाराका ४० जना, रौतहटका ११ जना, सप्तरीका ५ जना, सर्लाहीका २४ जना र सिराहाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १४२ जना, चितवनका २३ जना, दोलखाका एकजना, धादिङका एकजना, नुवाकोटका २ जना, भक्तपुरका १५ जना, मकवानपुरका ३२ जना, रसुवाका एजकना, ललितपुरका २५ जना र सिन्धुलीका ८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका एकजना, नवलपरासी पूर्वका १९, पर्वतका एकजना, मनाङका २ जना, बाग्लुङका ३ जना, स्याङ्जाका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाचीका एकजना, कपिलवस्तुका २ जना, गुल्मीका एकजना, दाङका ४ जना, पाल्पाका एकजना, प्युठानका ६ जना, बर्दियाका ६ जना, बाँकेका २० जना, रुपन्देहीका १७ जना र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका एकजना, जुम्लाका ५३ जना, दैलेखका एकजना,रुकुमपश्चिमका ३ जना रहेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ३८ जना, कंचनपुरका १४ जना, कैलालीका ८५ जना, डडेल्धुरका २ जना, डोटीका ३४ र बैतडीका ३ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा थप २५०  जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २५०  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार २१४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ९६४ थियो ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३७  पुगेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ४ : ४४ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र