गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रीको दशैँभत्ता कोरोना कोषमा « Khabarhub

गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रीको दशैँभत्ता कोरोना कोषमा


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीको दशैँ भत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

विगतमा पनि १ महिनाको पारिश्रमिक कोषमा दिएको जानकारी गराउँदै मन्त्री बस्नेतले दशैँ भत्ता पनि कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको जनाए ।

कोभिड १९ को उपचार र व्यवस्थापन सम्बन्धमा सामाजिक सञ्जालमा आएका विषयको पछि नलाग्न आग्रह गर्दै प्रदेश सरकारले कोरोनाको उपचार निःशुल्क रूपमा यथावत राख्ने स्पष्ट पारेको छ ।

गण्डकी प्रदेशका ३८ ठाउँका आइसोलेसनबाट उपचार भइरहेको र पीसीआर परीक्षण एवं उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १२ : ४५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि