गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रीको दशैँभत्ता कोरोना कोषमा « Khabarhub

गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रीको दशैँभत्ता कोरोना कोषमा


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीको दशैँ भत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

विगतमा पनि १ महिनाको पारिश्रमिक कोषमा दिएको जानकारी गराउँदै मन्त्री बस्नेतले दशैँ भत्ता पनि कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको जनाए ।

कोभिड १९ को उपचार र व्यवस्थापन सम्बन्धमा सामाजिक सञ्जालमा आएका विषयको पछि नलाग्न आग्रह गर्दै प्रदेश सरकारले कोरोनाको उपचार निःशुल्क रूपमा यथावत राख्ने स्पष्ट पारेको छ ।

गण्डकी प्रदेशका ३८ ठाउँका आइसोलेसनबाट उपचार भइरहेको र पीसीआर परीक्षण एवं उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १२ : ४५ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन