ट्रम्पबिरुद्धको महाअभियोगबारे अमेरिकी माथिल्लो सदनमा बहस, प्रक्रियाकै विषयमा मतभेद « Khabarhub

ट्रम्पबिरुद्धको महाअभियोगबारे अमेरिकी माथिल्लो सदनमा बहस, प्रक्रियाकै विषयमा मतभेद


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध लगाइएको महाअभियोगबारे त्यहाँको माथिल्लो सदन सिनेटमा छलफल शुरु भएको छ ।

मंगलबार मध्यरातिदेखि सिनेटमा शुरु भएको छलफलमा रिपब्लिकन र डेमोक्य्राटबीच महाअभियोगमा हुने बहस प्रक्रिया कसरी अघी बढाउने भन्नेमै मतभेद बढेको छ ।

ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको अडानलाई सत्तारुढ रिपब्लिकनले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा मतभेद बढेको हो ।

सिनेटमा बहुमत समेत रहेको रिपब्लिकन पार्टीका नेता मिच मक्कोनेल महाभियोग मुद्दाका प्रमुख साक्षी र दस्ताबेजलाई झिकाउन नहुने पक्षमा छन् भने विपक्षी डेमोक्य्राटहरू त्यसो गरिए ढाकछोप हुने बताउँदै आएका छन ।

ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गर्दै युक्रेनबाट नाजायज फाइदा लिएको तथा कङ्ग्रेसलाई आफ्नो काम कारबाहीको छानबिनबाटै बिमुख बनाएको आरोपमा महाअभियोग सामना गरिरहेका छन्।

‍सिनेटका १ सय सदस्यमध्ये ५३ जना रिपब्लिन नै भएकाले उनिबिरुद्धको महाअभियोग पास हुने सम्भावना क्षिण छ । अमेरिकी इतिहासमा राष्ट्रपतिलाई महाअभियोग लगाइएको यो तेस्रो पटक हो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ९ : ०७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा